कञ्चनपुरमा बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण

१२ भाद्र २०७८, शनिबार
कञ्चनपुरमा बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण

कञ्चनपुर,१२ भदाैँ । दोदा नदीको बाढीले घर डुबानमा परेपछि सुरक्षित स्थानमा राखिएका पुर्नवास नगरपालिका–५ सिमरीका ६० परिवारलाई आज स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुर र नगरपालिकाले संयुक्तरूपमा बाढीपीडित परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

भीमसेन सत्सङ्ग भवनमा राखिएका बाढीपीडित परिवारलाई मास्क, स्यानिटाइजर, साबुन, जीवनजल, सिटामोललगायतका सामग्री वितरण गरिएको सिमरी विपत व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज रानाले बताए ।

शुक्रबार बिहान ३ बजे दोदा नदीको बाढी बस्तीमा छिरेपछि घर डुबानमा परेका झण्डै ६० घर र ३६५ बढी परिवारलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसका स्वयंसेवकले उद्धार गरी सुरक्षित स्थानमा सारेका थिए । बाढीको पानी घट्दै गएपछि डुबान क्षेत्रमा समेत पानी सुक्दै गएको छ ।

स्थानीय बासिन्दाका डुबानमा परेका परिवारका घरभित्र लेदो माटो ल्याएर थुपारिदिँदा बस्न सक्ने अवस्था छैन ।घरभित्र रहेको लेदो माटो हटाउने काममा स्थानीय बासिन्दा जुटेका छन् । स्थानीय बासिन्द विश्राम रानाका अनुसार डेढ दशकअघिसमेत यसैगरी बस्तीमा नदीको बाढी छिरेको थियो ।रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio