लालझाडी भएर बग्ने दोँदा नदिमा उच्च बहाव, फोटो फिक्चर सहित

लालझाडी भएर बग्ने दोँदा नदिमा उच्च बहाव, फोटो फिक्चर सहित

संवाददाता नरेश राना

लालझाडी,११ भदौँ । कञ्चनपुरको लालझाडी गाउपालिकाको दोँदा नदिमा आज अविरल बर्षका कारण लालझाडी गाउँपालिकाका वडा नं. १,२,३ पुरै डुवानम परेको छ । पर्सिया देखि डुङ्गा,बलमी, कञ्ज , कश्वा , नौरंगा र विधवरी गाउमा पानी पसेर डुवान भएको लालझाडी गाउपालिका १ का वडा अध्यक्ष छेमानन्द रानाले जानकारी दिएका छन । यस क्षेत्रमा डुवान भएको तर मानब क्षेति नभएको वडा नं. २ का वडा अध्यक्ष हेमराज रानाले बताए । नदिमा पानीको बहाब बढे संगै धनजनको खतरा रहेकोले सचेत रहन सम्पुर्ण वाडा बासीलाई अनुरोध गर्नु भएको छ ।

विज्ञापन