माधव नेपालको अवस्था सिपी भन्दा खराब हुन्छ, पूर्व मन्त्री राना

माधव नेपालको अवस्था सिपी भन्दा खराब हुन्छ, पूर्व मन्त्री राना

धनगढी, ७ भादाैँ । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य नारद मुनि रानाले माधव नेपालको अवस्था सिपी मैनालीको भन्दा पनि खराब हुने बताएका छन् ।एमालेको गोदावरी नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका कैलालीका इन्चार्ज रानाले एमालेलाई घात गरेको बताउँदै उनले नेपालको भविष्यवाणी गरेका थिए ।

‘माधव नेपालको अवस्था अब सिपी मैनाली भन्दा पनि खराब हुन्छ’ उनले भने ‘माधवले जनतालाई र पार्टीलाई ठूलो धोका दिएका छन् ।’रानाले नेकपा विभाजन गर्न लागेकाहरूले नै एमाले विभाजन गरेको आरोप लगाएका छन् । माधव नेपालले एमाले टुक्राएको भन्दै रानाले उनलाई गद्दारको संज्ञा समेत दिएका थिए ।‘आफू सूर्य चुनाव चिन्ह्रबाट निर्वाचित भएका माधव नेपालले रुखमा भोट हाले उनी गद्दार हुन्’ उनले भने ‘नेकपा विभाजित गर्नेहरूले नै एमालेमा पनि विभाजन गरेका हुन् । ’एमाले कब्जा गर्ने रणनीति थियो त्यो पुरा नभएपछि पार्टी विभाजन गरेका हुन् । ‘जनताले सबे थाहा पाएका छन् । पद नपाएर पार्टी विभाजन गर्नेहरूको पछि कोही लाग्ने छैनन्’ रानाले भने ।रानाले वर्तमान सरकार परमादेशले तयार भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले सम्मकै कमजोर प्रधानमन्त्री भएको रानाले बताए । उनले भारतको कम्फरटेबल सरकार भएको हुँदा दार्चुलामा तुइन चुटाएर बेपत्ता भएको विषयमा सरकार मौन रहेको समेत आरोप लगाए ।कार्यक्रममा एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द, सचिव दान बहादुर बिक गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्ट, अनुशासन आयोगका केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट लगायतले मन्तव्य राखेका थिए । उनीहरुले एमालेको क्रियाकलाप बढाउन र निर्धातिर समयमै वडा देखि जिल्ला सम्मको अधिवेशन सक्न नवीकरणको काम टुङ्गाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

विज्ञापन