बँदेलको मासु सहित एक जना पक्राउ

बँदेलको मासु सहित एक जना पक्राउ
नरेश,कञ्चनपुर, ०२ भदौ । कञ्चनपुरको लालझाडीबाट बँदेलको मासु सहित एक जना पक्राउ परेका छन् । लालझाडी सब डिभिजन बन कार्यालयका रेन्जर करुणाकर अवस्थीको नेतृत्वमा विशेष सूचनाको आधारमा खटिएको गस्ती टोलीले गएराती साढे एघार बजेको समयमा लालझाडी बन क्षेत्रबाटै बँदेल मार्न प्रयोग गरिएको २ थान जाल र बँदेलको डेढ किलोग्राम मासु सहित लालझाडी गाउँपालिका वडा नम्बर ५ बस्ने ३९ वर्षीय राम साहेब रानालाई पक्राउ गरेको छ । पक्राउ परेका रानालाई बन कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभएको छ ।

विज्ञापन