राना कला एवम् संस्कृति संरक्षण समाजको सामुदायिक भवन उद्घाटन गर्दै -पूर्व मन्त्री राना

१ भाद्र २०७८, मंगलवार
राना कला एवम्  संस्कृति संरक्षण समाजको सामुदायिक भवन उद्घाटन गर्दै -पूर्व मन्त्री राना

धनगढी,१ भादाैँ । कैलालीकाे धनगढी उपमहानगर पालिका -११ स्थित राना कला एवम्  संस्कृति संरक्षण समाजको सामुदायिक भवन उद्घाटन गर्दै पूर्व मन्त्री नारदमुनि रानाले दोस्रो संविधान सभाको निर्वाचनमा कैलाली तत्कालीन क्षेत्र नम्बर ६ वाट निर्वाचित देउवाले त्यसपछि धनगढीको विकासमा चासो नदिएको आरोप लगाएका हुन् ।

 स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट निर्माण गरिएको भवनको उद्घाटन गर्दै रानाले भने, ‘यहाँबाट निर्वाचित भएपछि देउवा प्रधानमन्त्री समेत बन्नु भयो तर धनगढीलाई फर्केर हेर्नु भएन । त्यो बेला उहाँले दिएका आश्वास मैले पुरा गरिरहेको छु ।’उनले तत्कालीन निर्वाचनमा देउवाले दिएका आश्वासन आफू निर्वाचित भएपछि पुरा गरेको बताएका हुन् ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गरिरहेका राना समुदायलाई पनि देउवाले सूचिकृतको आश्वासन दिएको तर माग पुरा नगरेको आरोप लगाए । उनले २० बर्ष सम्मको आसा आफूले पुरा गरेको दाबी गरे । उनले सूचीकृत भएपछि अब अधिकार खोज्ने ढोका खुलेको बताए ।रानाकै पहलमा सरकारले गत वर्ष राना समुदायलाई अलगै जातीमा सूचीकरण गरेको थियो । 

त्यो बेला देउवाले धनगढीलाई सुनको टुक्रा बनाउने र विकासको मूल फुटाउने वाचा गरेको बताउँदै रानाले भने ‘उहाँले सायद आफ्नो आश्वासन पनि भुल्नुभयो होला प्रधानमन्त्री भएर केहि नगरे पनि मैले ती सबै काम गरेको छु ।’वर्षाै सम्म निर्माण सुरु हुन नसकेको धनगढी खुटिया दिपायल सडक रानाकै पहलमा टेन्डर भएको हो । तर, काम गर्ने बेलामा मौन रहेकाहरू अहिले काम सुरु हुन थालेपछि जस लिने होडमा रहेको उनले बताए ।

‘हिजो काम गर्नुपर्ने बेलामा मौन रहेकाहरू अहिले फोटो खिचाइरहेका छन् मैले बनाउन लगाएको भन्दै छन् भन्ने सुनेको छु ’उनले भने, ‘प्रधानमन्त्री देउवा निर्वाचित भएर त केहि गरेनन् अरूले के गर्लान् ।’रानाले आफू निर्वाचित भइसकेपछि यहाँको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । 

कार्यक्रममा सहभागी वडा नम्बर ११का वडाध्यक्ष गंगा रानाले पनि विकासको सवालमा सांसद रानाको भूमिका प्रमुख रहेको बताएका थिए । उनले रानाकै पहलमा आएको बजेट बाट बन्दै गरेका विकासका कामहरूमा पनि अरूले दाबी गर्न थालेको बताएका हुन् ।‘माननीय ज्यूले यहाँको विकासको लागि ठूलो भूमिका खेल्नु भएको छ ।उहाँकै पहलमा यहाँ धेरै विकासको काम भएको छ ’उनले भने तर, ‘अहिले आएर ती काम हामीले गरेका हौँ भन्दै अरूले जस लिन खोजिरहेका छन् ।’

Wedding Story advertisement Of Jems Movies & Photo Studio