महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुरु

३१ श्रावण २०७८, आईतवार
महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुरु

धनगढी,३१ सावन । दलित महिला अधिकार मंच नेपालको आयोजनामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम आईतबार देखि गौरीगंगा नगरपालिकाको चौमालामा शुरु भएको छ ।

डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंचद्घारा संचालित महिला सशक्तीकरण परियोजना अन्तरगत पछाडि पारिएका दलित एंव सिमान्तकृत समुदायका महिलाहरुको नेतृत्व विकास,क्षमता अभिवृद्धि,सशक्तीकरण गर्ने उद्घेश्यले आयोजना गरिएको दलित महिला अधिकार मंचका अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिनुभयो ।

तालिमको दलित महिला अधिकार मंचका अध्यक्ष एंव अधिकारकर्मी सावित्रा घिमिरे र संस्थाका सदस्य ईन्द्रा दानपालीले सहजीकरण गरिरहनुभएको छ तालिममा गौरीगंगा नगरपालिकाका १३ महिला समूहका २५ जनाको सहभागीता रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio