महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुरु

२६ श्रावण २०७८, मंगलवार
महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुरु

कैलारी,२६ सावन । दलित महिला अधिकार मंच नेपालको आयोजनमा महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम मंगलबार देखि कैलारी गाउँपालिकाको हसुलियामा शुरु भएको छ ।

डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंचद्घारा संचालित महिला सशक्तीकरण परियोजना अन्तरगत पछाडि पारिएका दलित एंव सिमान्तकृत समुदायका महिलाहरुको नेतृत्व विकास,क्षमता अभिवृद्धि,सशक्तीकरण गर्ने उद्घेश्यले आयोजना गरिएको दलित महिला अधिकार मंच नेपालका अध्यक्ष सावित्रा घिमिरेले जानकारी दिनुभयो ।

तालिमको अधिकारकर्मी गोमा आचार्यले सहजीकरण गरिरहनुभएको छ । तालिममा कैलारी गाउँपालिकाका १३ महिला समूहका २५ जनाको सहभागीता रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio