कञ्चनपुर -३ मा तिज मिलन कार्यक्रम सम्पन्न फोटोफिक्चर सहित

२५ श्रावण २०७८, सोमबार
कञ्चनपुर -३ मा तिज मिलन कार्यक्रम सम्पन्न फोटोफिक्चर सहित

बेलौरी,२५ सावन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ पडाव गाउँमा वडा स्तरिय तिज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । वाड नं.३ वडाकार्यालायको आर्थिक सहयोगमा रानाथारु सामुदायका महिला दिदीबहिनीहरुले मनाउने ‘तिज’ पर्वको उपलक्ष्यमा पहिलो तिज मिलन २०७८ कार्याक्रम सम्पन्न भएको हो ।

वाडा स्तरिय तिज मिलन कार्यक्रमका संयोजक कौशिल्या रानाको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी बेलौरी नगर पालिकाका नगर प्रमुख पोतिलाल चौधरी रहनु भएको थियो भने विश्ष्टि अतिथीमा सोहि नगर पालिकाकी नगर उपप्रमुअ चित्रा चौधरी रहनु भएको थियो । नगर प्रमुअ चौधरीले सावनको डोला (पिङ्ग) को रिवन काटेर विधिवत पिङ्ग खेलेर उदघाटन गर्नु भयो हो ।

कार्यक्रममाको सफलताको शुभकाना दिनुहुने अतिथीहरुमा वडा नं. ३ का वडा अध्यक्ष नेत्रा राज गिरी, कार्यापालिका सदस्य राम बहादुर नेपाली , पडाव गाउँका पधना रामसिंह राना, भलमन्सा पोतिराम राना रहनु भएको थियो । सावन महिनामा रानाथारु सामुदायका महिलाहरुले दाजुभाई र भतिजोको लामो आयुको आसिर्वादको लागि निहार वर्त बसेर ‘तिज’ पर्व पर्व मनाउने चलन रहेको बताइन कार्यक्रम संचालिका रेवती रानाले ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio