मुक्त हलिया,कमैयाको पुनःस्थापनको सवालमा गम्भीर हुन पूर्वसासद श्रीपाईलीको जोड

१५ श्रावण २०७८, शुक्रबार
मुक्त हलिया,कमैयाको पुनःस्थापनको सवालमा गम्भीर हुन पूर्वसासद श्रीपाईलीको जोड

कैलाली,१५ सावन । संविधानसभा सदस्य एंव हलिया तथा कमैया मुक्ति आन्दोलनका राष्टिय अभियन्ता हरि श्रीपाईलीले कोरोना महामारी र लकडाउनमा मुक्त हलिया,कमैयाहरुको अवस्था अत्यन्तै दयनिय र थप कष्टकरपूर्ण रहेको बताउनुभएको छ ।

मुक्त हलिया पुर्नस्थापना कार्यदलका पूर्व केन्द्रीय संयोजक समेत रहिसक्नु भएका पूर्वसाँसद श्रीपाईलीले मुक्त हलिया,कमैया,कमलरी, भूमिहिन, वादी समुदाय,सुकुम्बासी र सिमान्तकृत समुदायहरु कोभिड १९ को मारमा परि निकै जोखिमपूर्ण अवस्था जिवन निर्वाह गरिरहेकाले सरकारले तत्काल न्यायोचित सम्मानजनक पुनःस्थापना गर्नुपर्नेमा जोडदिनु भयो ।

कोभिड १९ मा मुक्त हलिया,कमैया,कमलरी भूमिहिन र सुकुम्बासीहरुको अवस्थाका वारेमा बस्ती स्तरमा अवलोकन तथा छलफल पश्चात पूर्वसासद श्रीपाईलीले उक्त कुरामा जोड दिनुभएको हो । पूर्व साँसद श्रीपाईली नेतृत्वको टोली शुक्रबार कंचनपुरको भिमदत्तनगरपालिको बागफाँटा र बेतकोट नगरपालिकाको धर्मापुर ूिस्थत मुक्त हलिया,कमैया र भूमिकिाहन वस्तीमा पुगेको थियो ।

उक्त अवसरमा पूर्वसासद श्रीपाईलीले कोभिड १९ मा मुक्त हलिया,कमैया,कमलरी भूमिहिन र सुकुम्बासीहरुले भोग्नु परेको समस्या,उनीहरुको अवस्थाको वारेमा प्रत्यक्ष संवाद गर्नुका साथै,अनुगमन तथा पूर्नस्थापनाका सवालमा देखिएका चुनौतीका सम्वन्धमा छलफल समेत गर्नुभएको थियो ।

त्यसक्रममा श्रीपाईलीले छुट हलियाहरुको पुन तथ्यांक संकलन, मुक्त हलिया,कमैया र सिमान्तकृत समुदाय लक्षित शिक्षा,स्वास्थ ,रोजगारी र जिविकोपार्जनका लागि विशेष नीति तथा कार्यक्रमका लागि आफूले सम्बन्धित निकायमा दवाव र ध्यानाकर्षण गराउने बताउनुभयो । पूर्वसासद श्रीपाईली नेतृत्वको अनुगमन टोलीमा राष्टिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनार,गैरसरकारी संस्था हेबिटेडका कार्यक्रम अधिकृत रामप्रसाद दुनुवार र मुक्त हलिया तथा कमैया अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio