दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साईकल हस्तान्तरण

१४ श्रावण २०७८, बिहीबार
दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साईकल हस्तान्तरण

कैलाली,१४ सावन । कैलारी गाउँपालिका र गौरीगांगा नगरपालिकाका दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई साईकल हस्तान्तरण गरिएको छ ।

डि.सि.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित गिफ्ट क्याटलग परियोजना अन्र्तगत दलित समूह तथा संजालमा आवद्ध महिलाहरुलाई दलित तथा महिलाहरुका साझा सवालमा सचेतना,पैरवी तथा आर्थिक तथा सामाजिक सशक्तिकरण परिचालनमा टेवा पुग्ने उद्धेश्यले ५५ वटा साईकल हस्तान्तरण गरिएको दलित महिला अधिकार मंचका राजेन्द्र रैकाले बताउनु भयो ।

यसक्रममा कैलारी गाउँपालिकामा दलित महिला समूह तथा संजालमा आवद्ध महिलालाई २७ वटा र गौरीगंगा नगरपालिकाका समूह तथा संजालमा आवद्ध महिलालाई २८ वटा गरी जम्मा ५५ वटा साईकल वितरण गरिएको हो ।

कैलारी गाउँपालिकामा वडा नं ५ की वडा सदस्य अनारकली चौधरी, भलबन्सा श्रीराम कुमाल,भीष्म चौधरी,मिलन महिला समूहकी अध्यक्ष अमरकेती चौधरी र गौरीगंगा नगरपालिकामा वडा नं १० का अध्यक्ष पदम बहादुर ऐर,कार्यपालिका सदस्य विनीता देवी महर,वडा सदस्य मिना देवी चौधरी, समूह तथा संजालका अध्यक्ष लगायतको सहभागीतामा हस्तान्तरण गरिएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio