धनगढी, ११ साउन
धनगढी उप–महानगरपालिकाले कोभिड खोप लगाउने कार्यलाई ब्यबस्थीत गर्नका लागि घरदैलोमा नै पुगेर नाम दर्ता गर्न थालेको छ ।
अनलाईन नामदर्ताका लागि उप–महानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ । कोभिड खोप लगाउनबाट कोहि बन्चीत नहुन भनेर घरमै पुगेर १८ बर्ष भन्दा माथीका ब्यक्तिहरुको नामदर्ता सुरु गरेका छौं धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘नामदर्ता पछि खोप लगाउने कार्य पनि ब्यबस्थीत हुने छ ।’ धनगढी उप–महानगरपालिकाले साउन ६ गतेबाट घरघरमा पुगेर अनलाईन नामदर्ता अभियान सुरु गरेको थियो नगरप्रमुख वडले भने, ‘ अहिले ४० जना यूवा स्वयंसेवकहरु घरदैलोमा पुगेर अनलाईन नामदर्ता गरि रहेका छन् ।’ श्रावण मसान्त सम्म धनगढी उप–महानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य लिएको बताईएको छ । वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशीक अस्पताल, धनगढी उप–महानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाईन नाम दर्ताका लागि स्वयंसेवक खटिएका छन् ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले अनलाईन नामदर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरिन । नामदर्ता गरिएपछि खोप लगाउने कार्य ब्यबस्थीत हुने छ उप–प्रमुख भट्टले भनिन्, ‘ नामदर्ता पछि खोप लगाउने ब्यक्तिले खोप लगाउने आफ्नो पालो मोवाईल म्यासेज बाट थाहा पाउने छन् जसले गर्दा खोप केन्द्रमा भिड कम हुने छ ।’
अनलाईन नामदर्ता अभियानका संयोजक प्रेम ढुंगानाले धनगढी उप–महानगरपालिकाबासीले यो अभियानलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले भने, यो अभियान प्रदेशभरीमा धनगढीले मात्रै संचालन गरेको छ ।’ अभियानमा धनगढी उप–महानगरपालिका संग नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, यूएनडिपीको सहकार्य र साझेदारी रहेको छ ।