कृष्णपुर,१८ असाड ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज नगरस्तरीय वाल सञ्जाल गठन गरिएको छ । सानो पाइला युवा क्लवका कोषाध्यक्ष योगेश साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल रहनुभएको थियो भने, कार्यक्रमको विशिष्ट अतिथिमा नगर उपप्रमुख रमिता राना बडायक रहनुभएको थियो । नेपालको संविधान,२०७२ को मौलिक हकमा उल्लेख भएको वालवालिकाको अधिकार तथा नागरिकहरुको संगठन,स्वतन्त्रता र शान्तीपुर्ण भेला हुन पाउने अधिकारको व्वयहारिक कार्यान्वयनमा सहयोग पुर्याउयने उद्धेश्यले नगरस्तरीय वाल सञ्जाल गठन गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले बताए ।
वहाँले पछिल्ले समय गाउँ समाजमा विकृति,विसङ्गती मौलाइरहेको बताउँदै वालवालिकाहरु त्यसप्रती सचेत भई सामाजिक घटना,परिघटना विरुद्ध डटेर अघि बढ्नुपर्ने जानकारी दिए । “वालवालिका यो देशका भोलीका कर्णधार हुन्,नगर प्रमुख हमालले भने,शान्त,सुसज्जित,परिस्कृत समाज निर्माणमा यहाँहरुको सहभागीता आवश्यक छ” ।
नगरपालिकाको राजपत्रमा बाल क्लबरसञ्जाल गठन तथा सहजीकरण कार्यविधि २०७७ बनाईएको बताउदै उनले गठित सञ्जालले कार्यविधिको अधिनमा रही काम गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यविधिमा बाल क्लब वा सञ्जालले गर्नुपर्ने काम र कर्तव्यका बारेमा उल्लेख गरिएको नगरप्रमुख हमालले बताए । उनले नगरपालीकालाई सम्बृद्ध नगरपालीका बनाउनका लागी सञ्जालले राम्रो युवाहरु उत्पादन गर्ने बताउदै नब गठीत सञ्जालका पदाधीकारीहरुलाइ सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
नगरका नौ ओटै वडाहरुबाट ५ देखी १८ वर्ष उमेर समुह मुनिका वालवालिका समावेश गरी आज पदम धामीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्क्षमा भागेश्वरी कार्की,सचिवमा अञ्जली विष्ट,सह-सचिवमा सुनिता भट्ट,कोषाध्यक्षमा शेखर नाथ,र सदस्यहरुमा माया रोकाया,कविता बोहरा रहेका छन् । सञ्जालमा नगरमा रहेका र छुटेका बालबालीकाहरुलाई पनि समावेश गराईने बताईएको छ । कृष्णपुर नगरपालिकाको समन्वयमा सानो पाइला युवा क्लवले कृष्णपुरको ५ नम्बर वडाको सभाहलमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन युवा क्लवका अध्यक्ष शिशिर वि.क.ले गरेका थिए ।