धनगढी,१९ चैत ।
धनगढी उपमहानगर पालिका वडा नं. ७ अन्तर्गत दाइजो कृषि सहकारी संस्था लि ले कृषि ज्ञानकेन्द्र कैलालीको पचास प्रतिशत अनुदान सहयोगमा मुख्यमन्त्री नमुना कृष गाउँ कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि यन्त्र वितरण गरेको हो ।
उक्त सामग्री दाईजो कृषि सहकारी संस्थाले धनगढी उपमहानगर पालिकाको वडा नं. ७,८,१०,१२ र १५ का शेयर सदस्यहरु मध्यवाट किसान छनौट गरी वितरण गरिएको हो । संस्थालाई कृषि ढुवानीका लागि सात टन को मिनी ट्रक , पावरटेलर २८ थाना , रिफर १२ थान , औषधि छर्ने टंकी २२ थान कृषि यन्त्र सामग्री बितारण गरेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी कृषि ज्ञानकेन्द्रका धनगढी शाखाका प्रमुख खगेन्द्र प्रसाद शर्मा रहनु भएको थियो । वहाँले राज्य अहिले तिन तहको सरकार भएको अवस्थामा विभिन्न कार्यक्रम मार्फत किसान हरुको हकहित तथा कृषि उत्पादन गर्नका लागि प्रोत्साहन स्वरुप यि सामग्रहरु वितरण गरेको हो । अहिले तिनै तहको सरकारले किसानहरुका लागि अन्य विभिन्न कार्यक्रमहरु संचालन गर्दैआइरहेको कुरा जानकारी गराएका हुन ।
कार्यक्रमका विशिष्ट अतिथी भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सोकिय सचिब दिर्घ विनाडी रहनु भएको थियो भने अर्का विशिष्ट अतिथाी धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा सदस्य यमुना कुमारी भट्ट रहनुभएको थियो ।,
वहाँले भन्नु भयो “यस कृषि सहकारी संस्थाले शुरुदेखि नै कृषकहरुका हितका लागि सक्रिय रुपमा विभिन्न कार्यक्रम संचालन गर्दैै आइरहेको छ र सम्भवत धनगढी उपमहानगर पालिकाका भित्रका कृषकहरुका लागि पहिलो कार्यक्रम भएकोले यसले किसानहरुलाई कृषि यन्त्र वितरण गरेर कृषकहरलाई कृषि उत्पादन कार्य बढाउन हौसला प्रदान गरेको छ । म यस संस्था प्रति जनप्रतिनिधिको नाताले अभार व्यक्ति गर्न चाहन्छु ।”
कार्यक्रमको स्वागत मनतव्य संस्थाका शिक्षा समिती संयोजक मनराज यादबले गर्नुभएको थियो भने कार्यक्रको सभापति संस्थाकि अध्यक्ष चन्द्रकिरण रानाले गर्नु भएको थियो । र संचालन संस्थाकै लेखा समिति सदस्य दिपक राज जोशीले गर्नुभएको थियो ।