धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाद्धारा खुला सरकार घोषणा

२२ फाल्गुन २०७७, शनिबार
धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाद्धारा खुला सरकार घोषणा

धनगढी, २२ फागुन
कैलालीको धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमका बिच आफुलाई खुला सरकार घोषणा गरेका छन् ।
अन्तराष्ट्रिय खुला तथ्याङ्क दिवसको अवसर पारेर धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकाले खुला सरकार घोषणा गरेका हुन ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार घोषणा पत्रमा हस्ताक्षर गरेर नागरिक अन्तर संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन । घोषणापत्रको धारा १ मा खुला सरकारको अवधारणा अवलम्वन गर्ने कुरा , धारा २ मा खुला सरकारका लागि आवश्य पूर्वाधार निर्माण गर्ने, धारा ३ मा सूचना तथा आँकडाहरु प्रवाह गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले आफुहरुको नेतृत्व आएदेखि नै खुला सरकारको अवधारणा अनुसारका क्रियाकलाप गर्दै आएको बताए । नागरिकहरुका लागि उप–महानगरपालिकाले सबै कुरा खुला गरेको छ नगरप्रमुख वडले भने, खुला सरकारलाई प्रवद्र्धन गर्ने औजारहरुको प्रयोग गरिएको छ । धनगढी उप–महानगरपालिकाको आईएमएस धनगढी, डाटा पोर्टल, ई सिफारिस, वेइभ साईटहरु, म्यासेजिङ्ग सिस्टम र सूचनाको स्वस्फूर्त प्रकाशन जस्ता कुरा खुला सरकार निर्माणमा सहयोग पु¥याउनका लागि संचालन गरिएको नगरप्मुख वडले बताए । उनले भने, ‘खुला सरकार घोषणा पत्र सधै पालना गर्नेमा प्रतिवद्ध छौं ।’
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार निर्माणका लागि पालना गर्नुपर्ने सबै सर्त पालना गरिएको बताए । खुला सरकारका लागि सरकार नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायी हुनुपर्छ त्यो कुरामा हामी सधै प्रतिवद्ध छौं । अन्तराष्ट्रिय तथ्याङ्क दिवसको अवसरमा सुशासन परियोजना अन्तरगत धनगढी उप–महानगरपालिका र ग्राम विकास केन्द्रले कैलाली जनपुस्तकालयमा सामुदायीक सूचना केन्द्रको स्थापना गरेका छन् । सामुदायीक सूचना केन्द्रको नगरप्रमुख वडले उद्घाटन गरेका छन् । सोही अवसरमा नागरिक अन्तर संवाद पनि संचालन गरिएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio