बेलाैरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

बेलाैरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

नरेश राना /बेलाैरी , २२ फागुन ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ मा सि.पी अस्पताल चटकपुर कैलाली र संगम ग्रामिण विद्युत सहकारी संस्था लि. बेलौरी ३ खिरियाका संयुक्त आयोजनामा १ दिने बृहत भिशुल्क स्वास्थ सिविर समाहोरा सम्पन गरीयो ।

सो कार्यक्रमको उदघाटन समारोहका सभापति संगम ग्रामिण विद्युत सहकारी संस्था लि. का अध्यक्ष गोविन्द प्रसाद भट्ट रहनुभएको थियो भने प्रमुख अतिथी प्रदेश सभा सदस्य मननिय कुलविर चौधरी रहनुभएको थियो । कार्यक्रमका विश्ष्टिअतिथी वेलौरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष नेत्रराज गिरी रहनुभएको थियो ।

कार्यक्रमबाट त्यस क्षेत्रका जनताहरु निशुल्क स्वास्थ जाँच गराएका थिए ।जसमा जम्मा ५१५ जना स्वास्थ सेवा लिनुभएको थियो । ३सय महिला २१५ पुरुषले सेवा लिएर त्यस क्षेत्रका जनता खुशि भएका हुन ।

कार्यक्रममा स्वागत मन्तव्य विद्युत सहकारी संस्थाका सदस्य रङविर चौधरीले गरेका थिए भने संचालन गमिस कैलाली कञ्चनपुर छाता संगठनका सहसचिब मायाराम शर्माले गर्नुर्भको थियो ।

विज्ञापन