नेपाल पत्रकार महासंघले १२ जना पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघले १२ जना पत्रकार सम्मानित

कैलाली, ३० माघ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकोे दोस्रो साधारण सभाबाट १२ जना पत्रकार सम्मानित गरेकाे छ । ।

सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन्द भट्टको प्रमुख आतिथ्यतामा प्रदेश समितिले विभिन्न विघामा सम्मान गरेको हो ।

सम्पादक उन्नती चौधरी, डोटीका खगेन्द्र बहादुर सिंह र दार्चुलाका मनोज बडुलाई जयपृथ्वी बहादुर सिंह पत्रकारिता पुरस्कारबाट सम्मान भएका हुन् ।

त्यसै गरि कञ्चनपुरको रामबहादुर चन्दलाई सुदूरपश्चिम पत्रकारिता तारा सम्मान पुरस्कार, कञ्चनपुरको चित्रांग थापा र कैलालीका मनमोहन स्वाँरलाई अग्रज पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

डडेलधुराका डिआर पन्तलाई लिलानाथ ओझा स्मृति पत्रकारिता पुरस्कार, बझांगका बसन्त प्रताप सिंहलाई कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार, बाजुराका प्रकाश बहादुर सिंहलाई जेपी जोशी पत्रकारिता पुरस्कार, कञ्चनपुरका दुर्गा उपाध्याय, बैतडीका तृप्ती शाही र अछामका गीता कुँवरलाई केआई सिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

त्यसै गरि सुदूरपश्चिमको सञ्चार गृहको तर्फबाट पहुरा थारु दैनिकलाई सम्मान गरेको छ । पहुरा थारु दैनिक थारु भाषामा विगत १८ वर्षदेखि दैनिक पत्रिका प्रकाशन गर्दै आएको छ । यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको नौ वटै शाखा मध्ये दार्चुला शाखा सम्मानित भएको छ ।

सेयर कर दियो ।

विज्ञापन