राजादेखि महाराजालाई जन्मदिने महिला फेरी महिला नै अपमानित हुनु पर्ने , उपप्रमुख राना

१५ मंसिर २०७७, सोमबार
राजादेखि महाराजालाई जन्मदिने महिला फेरी महिला नै अपमानित हुनु पर्ने , उपप्रमुख राना

कृष्णपुर,१५ मंसिर ।
कञ्चनपुरको कृष्णपुर नगर पालिकामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियानको उदघाटन भयो । सोमबारको दिन एक कार्यक्रमका बिच कृष्णपुर नगर पालिका कि उप–प्रमुख रामिता रानाले उदघाटन गुर्न भएको हो ।


कार्यक्रममा बोल्दै उप-प्रमुख रानाले भन्नु भयो “महिला बिना सृष्टिको रचना नै हुदैन, राजा महाराजालाई जन्म दिने महिला फेरी महिला नै समाजमा अपमानित हुनु पर्ने यो कस्तो प्रथा हो भनिन उप–प्रमुख राना ।”
वहाँ अगाडि भनिन “महिला भनेकै योद्धा हुन परिवार देखि समाज संग लडिरहेको हुन्छ । महिला भएकै कारणले राजनिति देखि हरेका कुरामा पछि पारिनु पर्ने । सौता देखि बोक्सी बनेर सहनु पर्ने ,, जब सम्म पुरुष प्रधान समाजमा हाम्रा पुरुष दाजूभाईहरुले साथ र सहयोग गर्दैनन तब सम्म महिला हिन्सा ज्युको तिउ रहने हो यसलाई जरैबाट अन्त्य गरिनु पर्दछ र यो १६ दिने लैङिगक हिंसा विरुद्ध अभियान सफल पार्नाका निम्त सबैलाई आवहान गरिन उप–प्रमुख रानाले ।”


१६ दिने लैङिगक हिंसा विरुद्ध अभियानको गोष्ठि भोलि सम्म चल्ने छ । कार्यक्रम कृष्णपुर नगर पालिका वडा नं. ६ कि सदस्या सिता चौधरीको अध्यक्षामा शुरुभएको हो भने महिला तथा बालविकास शाखा , कार्यालाय सहयय चन्द्रतिमील्सेनाले संचालन गरेकि हुन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio