कल्गी बचत तथा ऋण सहकारी संस्थाको सातौं  साधारण सभा सम्पन्न

१२ मंसिर २०७७, शुक्रबार
कल्गी बचत तथा ऋण सहकारी संस्थाको सातौं  साधारण सभा सम्पन्न

धनगढी,१२ मंसिर ।

कल्गी बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका –१८ डिपो बजारमा आयोजित कार्यक्रममा , प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको प्रमुख आतिथ्यमा सहकारीको साधारण सभा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सांसद नेपालु चौधरी, सुशिला बुढाथोकी ,अतिथि जिल्ला समन्वय समिति सदस्य देबी भण्डारी , विशिष्ट अतिथि नेप्स्कून संचालक माधब प्रशाद जोशी , अतिथि जिल्ला सहकारी संस्था उपाध्यक्ष भुपेन्द्र थापा , अतिथि सशस्त्र प्रहरी बलका अनिल कुमार वली , अतिथि फूलवारी बचत तथा ऋण सहकारीका संचालक चिरन्जिबी काफ्ले , अतिथि १४ नम्मर वडा अध्यक्ष राम बजारी थारु , अतिथि १८ नम्मर वडा अध्यक्ष मुरारी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले छरिएर रहेको पुँजी, सिप,ज्ञान र सिर्जनालाई एकत्रित गरेर उत्पादनको, बिकासको र स्वयम् रोजगारको काममा लगाउनु पर्ने बताए । सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै रानाले सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरेका छन् । त्यस्तै , यस सहकारी संस्थालाई नमुना सहकारीको रुपमा अगाडी बढाउन सके स्वावलम्बि र आर्थिक रुपमा अगाडी बढ्न सकिने उनको भनाई छ ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सांसद नेपालु चौधरीले सरकारको निर्णय भए अनुरुप आर्थिक बर्ष ७७।७८ को क्षेत्रिय पूर्वाधार विकास कोषबाट उक्त सहकारी संस्थाको भवन निर्माणको लागि ३५ लाख बजेट बिनियोजन गरेको बताए । उनले भने ‘ सरकारको अनुभूति गर्न नपाएका विभिन्न क्षेत्रका निमुखा जनताहरुकालागि सहकारीले सेवा सुबिधा लगायत अनुदानको ब्यबस्था गर्न सकोस भनेर प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अगाडी सारेको छ ।’
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुशिला बुढाथोकीले युवावर्गलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु गरिनुपर्ने बताईन । उक्त कार्यक्रममा विभिन्न अतिथिहरुले सुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा संस्थाको आ ब २०७६ ÷७७ को प्रगति बिवरण संस्थाका अध्यक्ष रामचन्द्र चौधरीबाट प्रस्तुत गरिएको थियो ।
नेप्स्कून व्राण्डीङमा सफल हुने कुरामा सस्थाका अध्यक्ष रामचन्द्र चौधरी बिस्वस्त छन् । उनले भने ‘ यस सहकारीले सदस्यहरुको आवश्यकता अनुसार बिभिन्न प्रकारका तालिमहरु पनि उपलब्ध गराएको छ र सहकारीको प्रमूख उद्देश्य भनेको नै निम्न आय भएका सदस्यहरुलाई बचत गर्ने वानी बसाल्नू हो, भएको बचत विभिन्न उधोग धन्दा , आयमूलक व्यापार र व्यबसाय तथा अन्य कार्यमा ऋणसेवा मार्फत परीचालन गर्नु यसको उद्देश्य अन्तर्गत पर्दछ ।’
साधारण सभाको अवसरमा संस्थामा विभिन्न विधामा रहेर सम्मान् गरिएको थियो । उत्कृष्ट मासिक बचतकर्ताको रुपमा रुद्र प्रशाद काफ्ले, उत्कृस्ट ऐच्छिक बचतकर्ता भजन सिंह गडसेला, उत्कृस्ट दैनिक बचतकर्ता गीता कुमारी चौधरी र यम बहादुर मल्ल ठकुरी ,उत्कृस्ट बाल बचतकर्ता भूमिका चौधरी र दिक्षा चौधरी , सफल ऋणीतर्फ सामना चौधरी सम्मानित भएका थिए ।२०७० सालमा स्थापना भएको यस संस्थाले पांच करोड रुपैयाको कारोबार गरेको छ । गत आर्थिक वर्षसम्म ४ सय ६ शेयर सदस्यहरुमा वृद्धि भई अहिले ५ सय ८७ जना पुगेका छन ।
संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सदस्य हित कोष, कर्मचारी बोनस , सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ । संस्थाकी सचिब प्रदेशी चौधरीले उक्त कार्यक्रम संचालन गरेकी थिइन भने लेखा समिति संयोजक प्रकाश चन्द्र सुबेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । रसस फुलबारी खबरबाट

Wedding Story advertisement Of Jems Movies & Photo Studio