पुनर्वास नगरपालिकाका प्रविधिक सहित आठ जनामा एकै दिनमा संक्रमण

२२ आश्विन २०७७, बिहीबार
पुनर्वास नगरपालिकाका प्रविधिक सहित आठ जनामा एकै दिनमा संक्रमण

नरेश राना , पुनर्वास, २२ असोज ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा एकैदिन नगरपालिकाका प्रविधिक सहित आठ जनामा कोरोना संक्रमण देखिए पछि पुनर्वास नगरपालिका अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
बुधवार सेती प्रादेशिक अस्पताल धनगढीमा ४२ जनाको ल्याव परीक्षण गरीएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । नगर पालिकाबाट प्रावह हुने आत्यआवश्यक बाहेकका सेवाहरु अर्को सुचना नहुन्जेल बन्द गरीएको नगर प्रमुख जिवन राज थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख थापाले अत्यवश्यक सेवा लिना कार्यालय आउनु परे सामाजिक दुरी लगाएतका स्वास्थ्य मापदण्डहरु पालना गरी सेवा लिन सकिने जानकारी दिदै सेवाग्रहीमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षेमा प्राथि रहेको बताए । त्यस्तै पुनर्वास नगरपालिका वाड नं. २ ले भोली देखि असोज २६ गते सम्मका लागि बडाबाट प्रदान गरीने सबै सेवाहरु पुर्णरुपमा बन्द गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio