राजेश राना ,धनगढी,२० असाेज ।
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ चुरे गाउँ मा रहेको बतासे झर्ना आन्तरिक तथा बहिरिय पर्यटकले भरिपुर्ण हुन थालेको छ। कोरोनाको सङ्क्रमण फैलिँदै जादा जोखिम बढे पनि झर्ना पुग्ने पर्यटकको सङ्ख्यामा कुनै पनि कमी आउन सकेको छैन। दैनिक झर्ना अवलोकन गरने र झर्नाको पानीमा नुहाउनेको सङ्ख्या थपिँदै जादा कोरोनाको जोखिम उत्तिकै बढेको छ। उनका अनुसार झर्ना पुग्नेमा युवा नैै बढी छन्।
कोरोना भाइरसको सङ्क्रमणबारे झर्ना अवलोकनका लागि आउने पर्यटकलाई सचेत पार्ने कार्यसमेत भइरहेको उनको भनाइ छ। पहाडको माथिबाट झर्दै गरेको निलोपानीको दृश्य हेर्नक लागि जोखिमको बेवास्ता गर्दै पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्।
असहज बाटो छिचोल्दै आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर झर्नाको चिसो पानीमा नुहाउँदै तराईको गर्मीलाई बिर्सनका लागि यहाँ पुग्ने गरेका छन्। चराको चिरविर आवाज सुन्दै झर्ना भएको ठाउँमा हिँड्दै गरेका बेला नजिकैबाट जङ्गली जनावर उफ्रिँदै हिँडेको दृश्य देख्न सकिन्छ। वडा कार्यालयले धारापानी गाउँसम्म झर्ना पुग्नका लागि सडकको ट्रयाक खोलेको छ।
चालू आब्स्थ सडक कालोपत्रेको कार्यलाई अगाडि बढाइएको छ। पूर्व पश्चिम राजमार्गको झलारीदेखि धारापानी गाउँसम्म मोटरसाइकललगायत सवारीसाधनमा चढेर सहज रुपमा पुग्न सकिन्छ।