कैलाली, २० असोज । थारु आयोगले मातृभाषाका लोक गीतहरु संकलन गर्ने भएको छ । आयोगले त्यसका लागि प्रस्ताव पेश गर्न संकलनकर्तालाई आह्वान गरेको छ । आयोगले असोज ५ गते सूचना जारी गर्दै हालसम्म प्रकाशित नभएका थारु मातृभाषाका लोक गीतहरु प्रकाशन गर्ने जनाएको छ ।
थारु समदुायको पुराना परम्परागत लोक साहित्यको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यल आयोगले लोक गीतहरु संकलन गर्ने भएको हो । आयोगका सूचना अधिकारी जागुराम चौधरीका अनुसार संकलनकर्तालाई उचित पारिश्रमकिको समेत व्यवस्था गरिएको छ ।
त्यसका लागि नेपालका पूर्वदेखि पश्चिमसम्मका थारु मातृभाषाका अप्रकाशित लोक गीतहरु (गुरबाबाक जलमौती, बर्कीमार, जितिया, सखिया, अष्टिम्की र विवाहमा गाइने लोक गीतहरु बाहेक) संलकनका लागि संकलनकर्ताहरुको संक्षिप्त सूचि तयार गरिनेछ ।
संक्षिप्त सूचीमा परेका संकलनकर्ताले स्वीकृत प्रस्ताव बमोजिम लोक गीतहरु संकलन गरि २०७७ फागुन मसान्तभित्र पठाउनु पर्ने र प्रस्ताव आयोगको इमेल ठेगानामा पठाउने पर्ने छ । लोक गीत संकलन तथा लेखनको भाषा थारु मातृभाषामा हुनु पर्ने र संकलित लोक गीतको स्रोत र सन्दर्भ खुलाउनु पर्ने छ ।