काठमाडौ । विद्यार्थीलाई सरकारले नि:शुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा आएको छ । नेपाल टेलिकम मार्फत यो सेवा उपलब्ध भएको छ । सेवा विद्यार्थी आफैले एक्टिभ गर्न सक्नेछन् । जुन तरिका हामीले तल राखेका छौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।
मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा पारीत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिने उल्लेख गरेको थियो । उक्त निर्देशिका कार्यन्वयनमा आएको छ । नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक कार्यको लागि मात्र हुने गरी निःशुल्क सहुलियत शुल्क मा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने निर्देशिकामा मन्त्रालयको भूमिका बारे स्पष्ट लेखिएको छ ।
यो निर्देशिका असोज १ बाट अनिवार्य कार्यान्वयन को लागि शिक्षा मन्त्रालय सङ्घ प्रदेश र स्थानीय तहका निकाय सरकारलाई निर्देशन दिएको थियो । हाल यो प्रयोगको तरिका सहित बाहिर आएको छ । हामीले तरिका यहाँ पेश गरेका छौ ।
मन्त्रालयद्वारा जारी गरिएका कार्यान्वयनसम्बन्धी सूचनामा राष्ट्रीय पाठ्यक्रम प्रारूप ले निर्दिष्ट गरेका सिकाइ हरु उपलब्धिहरु हासिल गर्न विद्यालय उमेर का अनुकूल सिक्ने वातावरण सिर्जना गर्नुको लागि तीनै तहको सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
विद्यालय विद्यार्थीहरुले इन्टरनेट महंगो भएर अनलाइन कक्षामा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो । नि:शुल्क इन्टरनेट प्रयोग गर्ने तरिका हामीले यहाँ अपडेट गरेका छौ । सबैको जानकारीका लागि सेयर गरिदिन विद्यार्थी अभिभावकलाई आग्रह गर्दछौ ।