सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक बृद्घको मृत्यु

पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक बृद्घको मृत्यु

पुनर्वास, १९ असोज ।
कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक बृद्घको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट आइतबार राति पुनर्वास १ बलभद्रबस्तीका ७० बर्षिय मलङ्ग भनिने सिंह बहादुर तामाङ्गको मृत्यु भएको हो ।
पछाडिबाट आएको से ६ पा २९२८ नम्बरको मोटरसाइल सहितचालक १६ बर्षिय मदन तामाङलाई नियन्त्रणम लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलास सिंह बिष्टले जानकारी दिनुभयो ।
गाउँमा छिमेकी बिच भइरहेको झगडा मिलाउन हिँडेका बृद्घलाई मोटरसाइकलले ठक्कर दिएको बताइएको छ ।ठक्करबाट गम्भीर घाइते भएका तामाङको धनगढी स्थित सेती प्रादेशिक अस्पातालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अर्का एक ५५ बर्षिय बल बहादुर तामाङ पति सामान्य घाइते र्भका छन । रासस