संवाददाता ः एमबि राना
लालझाडि , १५ असाेज ।
लालझाँँडी गाउपालिका कोरोना माहामारिका कारण थला परेको शिक्षा क्षेत्र लाई कसरी सुधारोन्मुख बनाउने भन्ने सम्बन्धी सरोकारवालाहरुको बृहत् बैठक सम्पन्न भएको छ ।
वडा न ६ स्थित रामेस्वर मावी, चानदेव ६ लालझाँडी कंचनपुर को सभाहलमा बसेको बैठकमा गाउपालिका अध्यक्ष, पालिका स्थित सम्पुर्ण बिद्यालयका प्रधानाध्यपक, शिक्षा शाखाका सम्पुर्ण कर्मचारी र विभिन्न बिषयका शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
वडा न. ६ का अध्यक्ष फुलाराम चौधरीको अध्यक्षतामा बसेको बैठकमा गाउपालिका अध्यक्ष मदन सेन बडायकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्ष बडायक ले शिक्षा क्षेत्र माहामारिका कारण धरासायि बनेकोले सबै पक्षले साथ र सहयोगका साथ अब नयाँ किसिमले सिकाइ सहजिकरण गर्न तत्पर हुनुपर्ने,
र बिद्यालय र सम्बन्धित बिषयका शिक्षकहरुले दिनुभएका रचनात्मक सुझावहरुलाइ आत्मसाथ गर्दै आगामी दिनमा बिद्यालयलाई थप ब्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
वातावरण र शिक्षा सम्बन्धमा वातावरण बिज्ञान का बिद्यार्थी भोजराज भट्टले विशेष प्रस्तुती पनि राख्नुभएको थियो । कार्यक्रम समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष फुलाराम चौधरीले बिद्यालय र स्थानिय निकायको समन्वयमा बिद्यार्थीको सिकाइ प्रकृयालाइ निरन्तरता दिन आफुहरु तत्पर रहेको प्रस्ट पार्नुभयो ।