लालझाडि -२ मा खर्रा नालामा पक्की पुलको सिलायन्नास

१४ आश्विन २०७७, बुधबार
लालझाडि -२ मा खर्रा नालामा पक्की पुलको सिलायन्नास

नरेश राना ,कञ्चनपुर,१४ असाेज ।

कञ्चनपुरको लालझाडि गाउपालिका वडा नं. २ मा रहेको खर्रा नालामा पक्की पुलको आज एक कार्यक्रमका बिच सिलायन्नास गरीएको छ ।
पुल निर्माणका लागि निर्माण कम्पनी हिमसागरमाथा प्रेम डेभलपर्स ग्रुप जे.भी. कैलालीले ठेक्का लिई आज सिलायनास गरी काम अगाडि बढाएको छ । यो पुलको लम्बाई २५ मी १ ( स्यान) रहेको छ । यसको टोटल बजेट ३ करोड ९३ लाख ८६ हजार ५सय ३३।४३ रहेको छ ।
लालझाडि गाउपालिकाको बजेटबाट निर्माण हुना लागेको लालझाडिकी उपध्याक्ष सत्यदेवी महराले जानकारी दिनुभएको हो ।

यसको समय अबधी १५ महिना रहको छ र यस पुललाई ठेकेदारले समय अबधी भित्र बनाउने छु भनेरा कार्यक्रममा प्रतिबद्घता गर्नु भएको थियो ।
मिति २०७७।३।१३ गतेमा सम्झौता भई २०७८।५।१३ गतेमा सम्पन्न गरीने भनी सम्झौता भएको हो । सिलायन्नास कार्यक्रमका प्रमुख अतिथि लालझाडि गाउपालिका अध्यक्ष मदनसेन बडायक रहनु भएको थियो । वहाँले पुलको सिलायन्नास गर्दै भने हामीले चुनाबको बेलाका गरेको प्रतिबद्घताहरु पुरा गर्दैछौ ।
यसै क्रममा हामीले की १५ कट्ठा जमिन नन्दगाउमा हस्पिटलको लागि लिईसकेका छौ । त्यसमा १५ सैयाको हस्पिटल बनाउनाको लागि प्रक्रिया अगाडि बढाई सकेका छौ यसैगरी ३ कट्ठा जमिन इलाका प्रहरी कार्यालयको लागि हामी लिईसकेका छौ ।


यो प्रशासकिया भवनको लागि संघियसरकार संग गाउपालिकाले सम्झौता गरेरा प्रक्रिया अगडी बढाइसकेका छा भनेर जानकारी दिनुभयो बडायकले । यो खर्रा नालको पुल हिमसागरमाथा प्रेम डेभलपर्स ग्रुप जे.भी. कैलालीले समयमा बनाउछ भने आशा राखेका छौ र यहाँका जनताहरुले सबै मिलि हातेमालो गरी सहयोग गर्नुहुने छ भनि हामी आशा र बिश्वास लिएका छौ बताए बडायकले ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio