धनगढी,११ असाेज ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र(रुडुक) कैलालीले बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कार पछि हत्याको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
उक्त घटना रुडुकलाई लाई अत्यन्तै दुखीत र स्तब्ध बनाएको बनाएको छ । रुडुक कैलालीकी अध्यक्ष ममता शाहले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दे बालिकाको बलात्कार पछि विभत्स हत्याको घटनाले रुडुकलाई अत्यन्तै दुखीत र स्तब्ध बनाएको जनाईएको छ ।
विज्ञप्तीमा रुडुक कैलालीले पोष्टमार्टम प्रतिवेदनले बलात्कार पछि हत्या भएको पुष्टि गरी सकेको र उक्त रिपोर्टका अनुसार बालिकाको बलात्कारपछि हिर्काएर हत्या गरिएको तथा यौनांगमा भित्री र बाहिरी चोटहरु समेत रहेको विज्ञप्तीमा उल्लेख छ । रुडुक कैलालीले बलात्कार पछि विभत्स हत्या घट्नाको घोर भत्सर्ना गर्दै यथासिघ्र सत्यतथ्य छानवीन गरी दोषीलाई तत्काल कडा भन्दा कडा कार्वाहीको माग गरेको छ ।
वर्तमान अवस्थामा महिला बालबालिकाहरु माथि हत्या,हिँसा,शोषण र बलात्कारका घटनाहरु निरन्तर भईरहेकोले बालबालिकाहरुको भय रहित बातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न समेत नेपाल सरकार र सम्वन्धित निकायसंग जोडदार माग गर्दछौ रुडुक अध्यक्ष शाहद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
२०७७ असोज ७ गते आफ्नो घरवाट दिउँसो गाईवस्तुलाई घाँसपात दिनका लागि गोठतिर गएकी सम्झना कामी अबेर राती सम्म घर नआएपछि खोजी गर्दा उनको शब स्थानिय मन्दिरमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा राती ८ बजेतिर फेला परेको थियो ।