अनिता राना / लालझाडि,१० असोज
कञ्चनपुरको लालझाडि गाउपालिक स्थित सामिल तथा फर्निचर उद्योगको दोस्रो वार्षिक सधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुखअतिथी लालझाडि गाउपालिका कि उपाध्यक्ष सत्यदेवी महरा रहेको थियो । वहाँले कार्यक्रमलाई उदघाटन गर्दै भनिन यस लालझाडि गाउपालिकाबाट हुने भरपुर्ण सहयोग यस सामिललाई गर्ने बताइन ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी सब डिभिजन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख करुणादत्त जोशी रहेका थिए भने कार्यक्रमको सफलताको शुभकामना दिने अतिथिहरुमा लालझाडि गाउपालिका नेकापा सचिब निर्मल राना , नेका का सदस्य धर्मसिह बडायक ,cfcc का अध्यक्ष सहदेव राना रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य हंसराम रानाले गरेका थिए र उनले अा .ब. २०७६।०७७ काे आयव्याय ८ लाख ८० हजार बराबरको प्रस्तुत गरेका थिए भने अाउदाे अ.ब.काे लागि १६ लाखबराबरकाे अनुमानित कार्ययाेजना बनाएकाे बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष अमर सिंह रानाको सभापतित्वमा भएको थियो । भने कार्यक्रम तेजराज तिरुवाले संचालन गरेका थिए । सामिलको स्थापनाले सहज र शुलभ मुल्यमा समानहरु उपलब्ध भएको बताउछन स्थानिय व्यक्तिहरु । कायक्रममा लालझाडि गाउपालिकाका सबै सामुदायिक वनका प्रतिनिधहरुको उपस्थित रहेको थियो ।