सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

माेर्निकवाक गर्ने चार जनालाइ विङगरकाे ठक्करबाट घाइते

माेर्निकवाक गर्ने चार जनालाइ विङगरकाे ठक्करबाट घाइते

राजेश राना /धनगढी,१० असाेज ।

अत्तरिया ६ लेन सडकमा विङगरले ‘मोर्निङ वाक’ गर्ने चार जनालाई ठक्कर दिएको छ।

भे १ ज ६१८ नम्वरको विङगरले ६ लेन सडक अन्तरगत अत्तरियाको मनिषा पेट्रोल पम्प अगाडि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले विङगरको ठक्करबाट चार जना घाईते भएको जानकारी दिए। घाईतेमध्ये गोदावरी नगरपालिका वडा नम्वर १ बस्ने ११ बर्षीय चादनी महराको अवस्था गम्भिर रहेको छ।

उनलाई उपचारका लागि कोहलपुर पठाइएको छ भने अन्यको अवस्था सामान्य छ। विङगर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।