कञ्चन सा.व. को ७ औँ बार्षिक सधारण सभा सम्पन्न

९ आश्विन २०७७, शुक्रबार
कञ्चन सा.व. को ७ औँ  बार्षिक सधारण सभा सम्पन्न

नरेश राना / लालझाडि ,९ असोज ।
कञ्चनपुरको लालझाडि गाउपालिका ४ मा रहेको कञ्चन सामुदायिक वन उपभोक्ता समुहको आज ७औ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रम संस्थाका अध्यक्ष श्री जगन्नाथ रानाको सभापतित्वमा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लालझाडि गाउ पालिका वडा नं. ४ का वडा अध्यक्ष श्री बहादुर राना रहनुभएको थियो । वहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भने यस सामुदायिक वन बाट हुने फाइदा यस सामुदायिक वनका उपभोक्तालाई हुने त्यसको लागि सम्पुर्ण उपभोक्ता मिलेरा यो वन लाई सहयोगको गर्नु पर्दछ भन्दै नेपालीहरुको महान चाड दशै दिपावलीको शुभकामना दिनुभएको थियो ।
यसै गरी विशिष्ट अतिथी cfcc का सदस्य सहदेव राना रहनु भएको थियो । वहाँले यस सामुदायिक वन लाई हामी cfcc बाट यसै बर्षकै अधारमा काम निरन्तरता दिदि आउने आव.मा पनि अनुदान हामी cfcc बाट दिने जानकारी दिनुभयो ।
अर्का विशिष्ट अतिथि लालझाडि सब डिभिजन सुरखडका वनरक्षक पदम सिं धामि रहनुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य समुहका सचिब बन्धो रानाले गर्नुभएको थियो । यसै गरी संस्थाको आ.ब.२०७६।०७७को आयव्याय रु २१लाख ३७ हजार ३ सय उनाननब्बे बराबर भएको बताइन सचिब रानाले ।
कार्यक्रमको सञ्चालन श्री बैजनाथ आधारभुत विद्यालयका शिक्षक डवल बहादुर रानाले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio