नरेश राना /लालझाडि,२३ भादाै ।
कञ्चनपुरको लालझाडि गाउपालिकामा आज ५४औ अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा आयोजित विद्यालय स्तरिय चित्रकला हस्तलेखन तथा निबन्ध प्रतियोगिता को नतिजा सर्बजनिकिकरण कार्यक्रम सम्पन्न भएको हो । जुन लालझाडिको नमुना बिद्यालय श्री बैजनाथ बहुमुखि आधारभुत विद्यालयमा कार्यक्रम संचालन गरिएकाे थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकाश तथा समन्वय समिति इकाइ प्रमुख भरतबाबु सुबेदी रहनु भएको थियो । बिशिष्ट अतिथिमा लालझाडि गाउपालिका उपाध्यक्ष सत्यदेवी महरा , भने स्वागत मन्तव्य लालझाडि गाउपालिकाका प्रमुख प्रशासकिय शेर बहादुर बुढाले गर्नु भएको थियो ।
साक्षरता दिवशको उपलक्ष्यमा लालझाडि गाउपालिका स्तरिया प्रा.वि , नि.मा.वि. तथा मा.वि. स्तरमा प्रथम , दितिया तथा तृतिया भएका विद्यार्थिहरु लाई पुरुषकार वितारण गरीएको थियो । जसमा १-५ छात्रा तर्फ चित्रकला प्रतियोगितामा प्रथम कृतिका राना बैजनाथ बहुभाषिक आ.वि, दृतिया आशिका राना सिद्यबैजनाथ अ.विं र तितिय शान्ति राना हेवनपर्ल इ बो स्कुल,
त्यसैगरी ६-८ छात्रा तर्फ आशिका चौधरी बेलौरी पब्लिक स्कुल,अनिता चौधरी पुर्णिमा आवि,ज्योति जोरा बैजनाथ माबि, कक्षा ९-१० छात्रा तर्फ पुर्णिमा चौधरी मसरस्वती मावि, हेमा चौधरी रामेश्वर मावि, आकृति राना स्वतन्त्र माविका विद्यार्थिहरु पुरस्कृत भएका थिए ।