रानाथारु पत्रकार समाजको अध्यक्षमा नन्दलाल राना

१३ भाद्र २०७७, शनिबार
रानाथारु पत्रकार समाजको अध्यक्षमा नन्दलाल राना

धनगढी,१३ भादाैँ ।

रानाथारु पत्रकार समाजको अध्यक्षमा रानाथारु डटकमका संचालक नन्दलाल राना भएका छन् । सनिबारको दिन जुम भर्चुवलमा एक कार्यक्रम गरी नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाको प्रमुख अतिथ्यमा नब गठित तदर्थ समिति रानाथारु पत्रकार समाज गठन गरेका छन ।


उक्त समिति १७ जनाको रहेको छ, जसमा नरेश राना उपाध्यक्ष , सचिवमा अनिता राना , कोषाध्यक्षमा पुनम राना ,सहसचिवमा गौतम राना रहेका छन भने सदस्यमा रामदुलारी राना ,भुवनेश्वरी राना , सरस्वती राना , रोसनी राना , जनक राना , किसन राना ,दिलमाया राना , एमवि राना , पुजा राना , दिपेन्द्र राना , विटिया राना , राममिलन राना रहेका छन ।
कार्यक्रमको शुभकामना आदिबासी जनजाती महासंघ सुदुरपश्चिम प्रदेश समन्वय समितिका महासचिव राजकुमार राना , आदिबासि जनजाति महासंघ कञ्चनपुर जिल्लाका सचिव रमेशलाल राना दुबइबाट भोजराज राना , गणेश राना , कौशिल्या राना लगायत नव गठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रम नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले संचालन गरेका थिए । भने कार्यक्रममा शुभकामना मनतव्य सरस्वती रानाले दिएकी थिइन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio