धनगढी,१० भादाैँ ।
कैलाली,धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित आँगनबारी मिडिया प्रा.लि.द्वारा संचालित रानाथारु डटकमको आयोजनामा मिति २०७७।५।४गते देखि ५।१० गते सम्म संचालन भएको ७ दिने पत्रकारिता क्षेत्रमता अभिबृद्धि तालिम आज एक कार्यक्रमका विच समापन भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुखअतिथि माननिय नारदमुनि राना रहनुभएको थियो । वहाँले राजनिति र समुदायलाई जोडने माध्यम सञ्चार रहेको बताए , सञ्चार माध्यमहरुले जनतासमु सहि सुचना दिनु पर्दछ बताए । राज्यमा दुई प्रकारले अन्दोलन हुने गर्दछ पहिलो पहिचान र दोस्रो अधिकार यी दुइ विना मान्छेको अस्तित्व हुदैन । अहिले रानाथारू समुदायले पहिचान पाएको छ भाषाको सुचिकृत भएको बताए र थप अधिकारको लागि सबै जना एक जुट भएर अगाडि बढनु पर्ने बताए माननिय राना ।
कार्यक्रमका विशिष्टअतिथि नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम राना रहनु भएको थियो । उनले भने हाम्रा माग र मुद्दालाई उजार गर्नका लागि पत्रकार भाइबहिनीहरु एक जुट भएर लाग्नु पर्ने बताए ।
त्यसै गरि थारुका बरिष्ट पत्रकार तथा यस कार्यक्रमका प्रशिक्षक लक्कि चौधरीले सहभागिहरुको जिज्ञासाको उत्तरदिदै भने तपाईहरु संग बहुत अप्सर छ र त्यति चुनाैति पनि रहेको बताए , तपाई आप्नो कलमलाई तिर्खानुस तपाइको भविष्य राम्रो हुने बताए ।
त्यसैगरी बेलौरी नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार रानाले भने पत्रकारहरुले सही र तथ्यमा रहेर समाचार दिनुपर्दछ बताए ।
नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले कार्यक्रममा स्वागत गर्दै भने आँगनबारी मिडिया प्रा.लिले संचालन गरेको सप्ताहाव्यापि पत्रकारीता कार्यक्रम रानाथारु समुदायको लागि एक एतिहासिक तालिम रहको बताए ।
कार्यक्रममा लालझाडि गाउ पालिकाका नेकापा सदस्य अमर सिंह रानालागयले शुभकामना दिएका थिए ।
सात दिने पत्रकारिता तालिममा प्रशिक्षक रविन पातलिले रेडियो , एफ एम तथा स्टेज प्रोग्रामका बारेमा तालिम प्रस्तुत गरेका थिए भने अर्का प्रशिक्षक गोरखापत्रका सह सम्पादक लक्कि चौधरीले छापा पत्रिकारिताको इतिहास तथा लेखनको बारेमा प्रशिक्षण गराउनु भएको थियो । रानाथारु , थारु तथा आदिबासि जनजातिहरुको पत्रकारितामा पहुच र अबस्थाको बारेमा पहुरा दैनिकका सम्पादक लखन चौधरीले जानकारी गराएका थिए । कार्यक्रममा ४० जना भन्दा बढी सहभागिहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष नन्दलाल रानाको अध्यक्षतामा संचालन भएको थियो । वहाँले तालिम समापन गर्दै भने यो सप्ताहाव्यापि तालिमको प्रमाणपत्र उपलब्ध गराउने बताए र तालिम लिएका पत्रकारहरुले कुनै पत्रकारिताको लागि कुनै ठाउमा एजेष्ट नहुदा सम्मका लागि काम गर्न चाहन्छन भने आँगनबारी मिडिया प्रा.लि. वहाँहरुलाई हार्दिक स्वागत गर्छ बताए ।
कार्यक्रमको संचालन राममिलन रानाले गरेका थिए भने टिप्णी कर्ताको भुमिका नरेश राना , दिपेन्द्र राना र विटिया रानाले गरेका थिए । कार्यक्रम जुम भरचुवलबाट भएको थियाे ।