बैजनाथ बहुभाषिक आधारभुत विद्यालयमा २ कोठे भवन उदघाटन ।

२६ श्रावण २०७७, सोमबार
बैजनाथ बहुभाषिक आधारभुत विद्यालयमा २ कोठे भवन उदघाटन ।

नरेश राना । कञ्चनपुर, २६ सावन ।
कञ्चनपुरको लालझाडि गाउपालिका वडा नं. ४ स्थित श्री बैजनाथ बहुभाषिक आधारभुत विद्यालयको २ कोठे भवन सम्पन भई सो भवन एक कार्यक्रमको विच उद्घघाटन भएको हो ।

लालझाडि गाउपालिकाका अध्यक्ष मदनसेन वडायक कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा सोहि गाउपालिकाका वडा सचिब दिलेन्द्र पन्त रहेका थिए । त्यसैगरी शुभकामना मन्तव्य दिदै सोहि विद्यालयका प्र.अ सुरेन्द्र बोहराले विद्यालयको गतिविधी सम्बन्धी बताउदै भने हाम्रो यस विद्यालयमा कार्यरत शिक्षक श्री शारदा देवी राना प्रदेश स्तरिया वालविकासको तर्फबाट उत्कृष्ट शिक्षक रहेकोे बताए ।

२०७६ सालमा आधारभुत तहमा गाउपालिका स्तर प्रथम र तृतिया हुने विद्यार्थि यसै विद्यालयका रहेको बताए रवि वि.क. प्रथम र पुप्पाञ्जली तेस्रो स्थानमा आएका हुन ।


कार्यक्रमका प्रमुख अतिथि वडाएकले यस विद्यालयमा पढाउने शिक्षक शारदा देवी रानाले प्रदेश स्तरिय वाल विकास प्रथम भएकोले वहाँलाई दोसल्ला तथा नगद सहित सम्मन गरीको थियो ।

यो विद्यालय लालझाडि नमुना विद्यालयको रुपमा रहेकोले यस विद्यालयलाई प्रोजक्टको माध्यमबाट पढाइ गराउने भएकोले यस विद्यालयलाई तल्लो कक्षा नर्सरी बाट नै बालबालिकाहरुलाइै कृर्षि विद्यालय बनाउने साथै यस विद्यालयमा कृषि शिक्षा पढार्य हुने प्रतिबद्घाता दिदै अगामी आ.व. २०७७ मा ४ कोठे भवनको लागि डिपिआर तयार गर्दै छौ उक्त भवनमा कृषि विषय पढाइ हुने बताए ।

भवन उद्घघाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio