सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

धनगढी , २१ सावन ।

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिकाका १३ राजपुरमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका हुन्।

दुर्घटना भएका माेटरसाइकल

धनगढीदेखि अत्तरिया जोड्ने ६ लेन सडकमा म२प ८०६० र से३प ५९०३ नम्वरको मोटरसाईकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।दुर्घटनामा परि धनगढीका उप–महानगरपालिका वडा नम्वर ४ का ४४ वर्षीय छत्र सोब,

कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय ललित चन्द र बैतडीको मेलौली नगरपालिका वडा नम्वर ७ का २१ वर्षीय मनोज चन्द घाइते भएका छन्।उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।

six-motar-1