सात सय बर्ष पुरानो रुखको सत्य के छ ?

१७ श्रावण २०७७, शनिबार
सात सय बर्ष पुरानो रुखको सत्य के छ ?

धनगढी ,१७ सावन ।

कैलारी गाउपालिका वडा नं. ९ गदरिया गाउँ स्थित रौराबाबाको मन्दिर रहेको छ । उक्त ठाउ रौराबावाको नामले प्रसिद्व मानिएको छ र रुखको मोटाइ ७२ फिट रहको बताए स्थानिय व्यक्ति पटवारी राना वहाँ गाउको पधना ( मुखिया) हुन । उनको भनाइ अनुसार रौराबाबा भनेको रौरा जातकाे एक जना व्यक्ति हुन उनी आपनो सिद्वि सोही रुख मुनि बसेर प्राप्त गरेको कुरा बताए । पछि रौराबाबा मरेर गए पनि उनको नामले पुजाआज गर्दा रोगदोषबाट मुक्त भइन्छ भन्ने जनविश्वास रहेको बताए । उनीले भने कि हाम्रो यो ठाउमा बसेको सात पुस्ता वितिसकेको छ र अझै यो रुख जस्ताको त्यसतै छ भने ।
सोहि गाउ बस्ने भलमन्सा ठग्गी रानाको भनाइ अनुसार रौराबाबा हाम्रो गाउको प्रमुख देवताको रुपमा पूजा गरिन्छ । सर्पले टोकेमा यसै रौराबाबाको नामले पुजाआजा गर्दा ठिक भएको जनविश्वास रहेको बताए । उनले भने एक पटक यसै बाटो भएर बस गइरहेको थियो बस जाने बाटोको लागि केही हाँगाहरु भाँचिदा त बस नै विगरियो पछि मानदान गर्दा बस आफै बन्यो भने त्यसै गरी पहिले राती राती कुनै दिन रुख मुनि दिपक बलेको जस्तो देखिन्यो त कसै कसैले त मोटो नथुनी लगाएकाे सर्प पनि देखिन थियो भनि बताए ।
कमल सिह रानाको भनाइ अनुसार परापुर्वकाल देखि हाम्रा बाजे परबाजेहरुले भनेको र अहिले हेर्दा यो रुख पहिलेकै जस्तो रहेको बताए । भन्छन रौरा भनेको रौरा नाम गरेको एक जना ऋषि या तबस्वी थिए उनको यस ठाउमा घर थियो र उनी भैसी पाल्ने गर्दथे । भैसीहरुलाई पानी ख्वाउनका लागि दुइटा इनार ( कुवाँ ) खनाएका थिए । पछि गरएर सो ठाउमा नदहा ताल बन्यो यो ताल गाउको पुर्व पटि रहेको छ । युग परिवर्तन संगै यो ठाउमा रुख उम्र्यो र सोहि रुखलाई रौराबाबाको नामले पुजाआज गर्न थाले बताए ।रूखकाे विचमा कुवाँ जस्ताे देखिने ठुलाे प्वाल छ अहिले झारपातले उक्त प्वाल बन्द भएकाे बताए । यो रुख सोही रौराबाबा नै हो भनेर कसरी विश्वास गर्न सकिन्छ भने जिज्ञासामा उनी भने कि कुनै व्यक्तिको पहिचान नै उसको क्रियाकलापले हो यानी कि रौराबाबाले यस ठाउका व्यक्तिहरुलाई निको पार्ने गर्दथे भने अब रुखको मुनि पुजा गरेमा रोगदोषबाट निको हुने गर्दछन बताए ।
धेरै पहिलेको कुरा हो एक पटक बाबा घुरहा नदिमा स्नान गरेर झिखारा ( रुखको हाँगा ) मा धोती फुकालेर सुकाउनलाई हाल्नु भयो धेरै बेर पछि बाबा आपनो घरतिर जाने भनेर धोती उठाउन जाँदा उनले धोती जस्ताको त्यस्तै भिजेको पाए । उनी बडो अस्चर्यमा पडे किन हो यस्तो यतिका बेर भयो किन सुकेन मेरो धोती ।

बाबा बहुत चिन्तित भएर विचार गर्न लाग्यो जरुर यो ठाउमा केही त भए छ भनेर हेर्दा त मरेको मान्छेको चिहानको माथि झिखरा ( रुखको हाँगा ) मा आफनो धोरी हालेको थाहा पाए पछि उनी फेरी पनि बिचार गरे किन मेरो धोती सुकेन भनेर अन्तरध्यान गर्दा तव उनी थाहा पाए कि सर्पले टोकेको मान्छे जिउदो हो भन्ने लागेपछि उनी नदिको छेउमा बसेका ग्वालाहरु संग सोध्यो यो गाउमा कोहि मान्छे मरेको छ भनेर सोधदा कसैले पनि बताउन सकेन फेरी पनि बाबाले भन्यो सर्पके टोकेर या नजिकको गाउमा त्यस्तो घटना घटेको छ भनेर सोधदा एक जाना मान्छेले एक महिना पहिले एक जनालाई सर्पको टोकाइले मृतु भएको कुरा बताए ।

तब बाबाले भन्यो त्योे मरेको मान्छेको घरबाला लाई बोलाएर ल्याउ भने पछि ति ग्वाला छिटो गाउमा गएर खबर गरे गाउका सबै जना जम्मा भए । बाबाले मृतुको कारण सोधिसके पछि उक्त ठाउ खन्ना लगाएर लास बाहिर निकाल्ना लगाए बाबाले उक्त लासलाई झारफुक गरी जिउदो बनाए बाबाले भनेका थिएकि सर्पले टोकेर मान्छे मरदैनन साँस बन्द हुन्छ सर्पले टोकेको मान्छे छ महिना सम्मा बाँच छ तर कालले टोकेमा मारछ भयो ।

बाबाको मृत्यु पछि पनि कसैलाई सर्पले टोकेमा रौराबाबाको नामले पुजा गर्दा निको हुने जनविश्वास रहिरहेको छ भन्ने कुरा सुनाए सोहि गाउ बस्ने एक जना व्यक्ति
धेरै पछि गाउका व्यक्तिहरुको पहलमा त्यो ठाउमा मन्दिरको स्थापना गरिएको भएतापनि हाल सम्मा सरकारी पक्षबाट कुनै रकम विनियोजन भएको छैन भनि कमल सिंह रानाले बताए , हाल मन्दिरको नाममा २ धुर जग्गा रहेको र रुखभएको २,३ कट्ठा ऐलानी जग्गा भएको बताए । अहिले सरकारले देउथानको लागि बजेट बिनियोजन गरिरहेको हुदा यस बर्ष प्रदेश सरकारलाई संरक्षरार्थ रकम हाल्न लगाउनु पर्ने कुरा बताए राना ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio