online कबिता तथा चित्रकला प्रतियाेगिताका बिजेता भए कञ्चनपुरका सिजन राना र दिनेश बि.क.

१६ बैशाख २०७७, मंगलवार
online कबिता तथा चित्रकला प्रतियाेगिताका बिजेता भए कञ्चनपुरका सिजन राना र दिनेश बि.क.

धनगढी,१६ बैशाख २०७७ । अनलाइन रानाथारू कबिता तथा चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेकाे छ । नतिजा सार्वजनिक संगै online कबिता प्रतियाेगिताकि बिजेता भइ कञ्चनपुरकि सिजन राना भइन । चित्रकलामा दिनेश बि.क. प्रथम भए ।

“रानाथारु कलाके धनी” मुल नारा सहित रानाथारु अनलाइन चित्रकला तथा कबिता प्रतियोगिता, रानाथारु आदर्श युवा क्लव धनगढी,राना कल्चर इन कञ्चनपुर एण्ड कैलाली फेसबुक पेज र रानाथारु डटकमको संयुक्त आयोजनामा प्रतियोगिता संचालन गरिएको थियो । अनलाइन प्रतियोगिताका प्रमुख अतिथि माननिय नारदमुनि राना थिए भने विष्ट अतिथिमा नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले अनलाइन मार्फत उतकृष्ट प्रतियोगिहरुलाई बधाई शुभकामना दिएका थिए ।

त्यसै गरि अनलाइन मार्फत कार्यक्रमको शुभकामना दिने अतिथिहरुमा रमिता राना उपप्रमुख कृष्णपुर नगरपालिका कञ्चनपुर , ओमकार राना जिला बेसिक शिक्षा अधिकारी – उत्तरप्रदेश , पदम राना भु.पु.के. अध्यक्ष नेपाल रानाथारु समाज, डिल्लु राना सदस्य बारहा राना स्मारक समिती , धोखे राना अध्यक्ष रानाथारु उत्थान समन्व्य मंच पुनर्वस कञ्चनपुर , राजबिर राना अध्यक्ष रानाथारु युवा मंच उत्तरा खण्ड, भंगी भगत राना भु.पु.सदस्य नेपाल रानाथरु समाज , रामकिसोर राना भुपु प्रधान तथा रानाथारु युवा मञ्च समाजिक सल्लहाकार ।

कोरोना महामारीले विश्व नै आक्रान्त भएको परिस्थितमा संक्रमण रोक्ने प्रमुख उपाय लकडाउन रहेको हुदा नेपाल सरकारले समेत लकडाउन घोषणा गरेको सन्दर्भमा यसलाइ सफल बनाइ कोरोना सँगको लडाईमा जित हासिल गर्न साथै सबै लाई आफनै घरमा बसी लकडाउन पालन गराउन सहयोग गर्ने तथा घरमा बसी आफ्नो कला, मौलिकताको प्रयोग गरी भाषा, संस्कृति लाई मनन गरि यसको विकास समेत हुने उद्देश्यका साथ “रानाथारु अनलाइन चित्रकला तथा कबिता प्रतियोगिता” गर्ने हामीआयोजकहरु आआपनो टिममा सल्ला गरेका थियौ र सोहि अनुसार मिति २०७६।१२।२६ देखि २०७७।०१।१५ सम्म संचालन हुनेगरी प्रतियोगिता आयोजना गरेका थियौ अनलाइन प्रतियोगिताका संयोजक कमल सिंह रानाले बताए । सार्बजनिक गरेको नतिजा अनुसार । कबिता प्रतियोगिता तर्फ प्रथम सिजन राना ,दृतिय. अभिषेक राना , तृतिय नन्दकुमार राना । त्यसै गरि चित्रकाला प्रतियोगिता तर्फ प्रथम दिनेश वि.क . दृतिय विजय राना र तृतिय सेबाराम राना भएका छन । प्रतियोगि सबैलाई बधाइको शुभकामना दिए संयोजक रानाले ।

देश तथा विदेशबाट प्रतियोगिहरुले आफुले राचनागरेको चित्र तथा कबिता अनलाइन मार्फत हामिलाई उपलब्य गरइ सहयोग गराउनु भएको थियो । प्रतियोगितामा प्रथम , दृतिय र तृतिय हुने प्रतियोगिहरुलाई अनलाइन द्वारा नै पुरुषकार दिने व्यवस्था मिलाउने आयोजक आदर्श युव कलबका अध्यक्ष श्यामलाल रानाले बताए ।बिजेता प्रतियोगिलेहरुले फोन नं.मा सम्पर्क गर्नुहुला ।

कार्यक्रमको स्वागत मन्तव्य आयोजक (रानाथारु डटकमका अध्यक्ष ) नन्दलाल राना ले गरेका थिए । उनले अतिथिहरुलाई स्वागत गर्दै भने प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई अयोजक टिमले धन्यवाद दिनचाहन्छ र प्रथम , दृतिय र तृतिय हुन प्रतियोगिहरुलाई बधाई दिनचाहन्छौ र प्रतियोगि सबैलाई धन्यवाद दिदै प्रतियोगिता भरी लाइक ,कमेन्ट र शेयर गरि बस्नुभएका सबै सबैलाई हृदयदेखि धन्यबाद दिनचाहन्छौ । त्यसैगरी प्रतियोगिता सफल गर्न दिनेश राना ,उमेश राना , नरायण राना , भानुप्रताप राना , कमल राना , रामप्रसाद राना, सुरेन्द्र रानाको टिम अहोरात खटिएको हुदा सहयोग गर्ने लाई बिशेष बिशेष धन्यवाद दिनचाहन्छौ र आयोजक टिमका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिनचाहन्छौ ।

अनलाइन प्रतियोगिताको संचालन आयोजक सदस्य प्रमिला रानाले गरिन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio