राज्यमन्त्री रैका द्वारा “प्रतिभा” बार्षिक मुखपत्र बिमोचन

राज्यमन्त्री रैका द्वारा “प्रतिभा” बार्षिक मुखपत्र बिमोचन

धनगढी ,७ कातिक । नेपाली काग्रेसका नेता ,सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले प्रतिभा बार्षिक मुखपत्रको बिमोचन गर्नुभएको छ ।

दीपावली,छठ एंव नेपाल सम्वत ११४३ को अवसरमा प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया द्घारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राज्यमन्त्री रैका ले उक्त मुखपत्र बिमोचन गर्नुभएको हो ।

कार्यक्रममा राज्यमन्त्री रैका ले शुभ दीपावली,छठ पर्व एंव नेपाल सम्वत ११४३ को अवसरमा प्रदेशबासी सम्पूर्णमा सुख शान्ति समृद्धि सहित शुभकामना ब्यक्त गर्नुभएको थियोे । कार्यक्रममा राज्यमन्त्री रैका ले हाम्रा साँस्कृतिक पर्वहरुले प्रदेशबासीमा एकता,सामाजिक सद्भाव र सहिष्णुताको थप बिकास हुने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रम प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।