पुनर्वास ५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु

२ आश्विन २०७९, आईतवार
पुनर्वास ५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु

नरेश राना/कञ्चनपुर, ०२ कुँवर । कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित सिमरी खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

आईतबार करिब साढे बाह्र बजेतिर माछा मार्न गएका बेला सिमरी खोलामा डुबेर सोही ठाउँकी १६ वर्षिय बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सिमरीका बलराम रानाकी छोरी १६ वर्षिय प्रेमवती राना रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

मृतक बालिकाको शब स्थानीय र प्रहरीको संयुक्त प्रयासमा फेला परेको र केहि समयमा पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लैजाने प्रक्रिया भईरहेको प्रहरी निरीक्षक मल्लले बताए ।

प्रहरीका अनुसार शनिबार बिहान एक्कासी आएको बाढीले सिमरी गाउँ पुरै डुबान भएपनि कुनैपनि मानवीय क्षति नभएको बताईएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio