कञ्चनपुर,२५ माघ २०७६।
टनकपुर नाका संचालन गर्न भारतीय नागरिकको वाणिज्य मन्त्रीसंग आग्रह भारतीय नागरिकले नेपाल–भारत जोड्ने टनकपुर नाका संचालन गर्न माग अघि सारेका छन् । टनकपुर व्यापार मण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसंग टनकपुर नाका खोल्नका लागि माग अघि सारेका हुन् । व्यापार मण्डलले मन्त्रीभट्टको स्वागत कार्यक्रममा ३०बर्ष अघि महकालीमा निर्माण भएको टनकपुर पुल संचालनमा उच्चस्तरबाट पहल गरिदिन आग्रह गरेका हुन् । टनकपुर व्यापार मण्डलका कोषाध्यक्ष विजेन्द्र अग्रवालले टनकपुर पुल संचालन नहुँदा दुवै देशको आर्थिक विकास विकासले गति नलिएको बताए । ‘पुल निर्माण भएको लामो समयसम्म संचालन भएको छैन, ‘उनले भने, ‘पुल निर्माण भयो, अहिलेसम्म उद्घाटन गरिएको छैन ।’ भारत सरकारसंग वार्ता गरेर पुल संचालनका लागि उनले मन्त्री भट्ट समक्ष आग्रह गरेका हुन् । पुल संचालन गरेर दुवैतर्फ भन्सारका साथै करेन्सीको प्रबन्ध मिलाउन समेत आग्रह गरेका छन् । टनकपुर व्यापार मण्डलका अध्यक्ष प्रकासचन्द्र मुरारीले पुल संचानलका लागि पटक पटक भारतीय सरकारसंग लिखितै पत्र दिदा समेत कुनै पहल नभएकाले त्यसका लागि दुवै देशका सरकारले साक्षात्मकार गरेरै भएपनि छिट्टै नाका संचालनमा जोडदिए । मन्त्री भट्टले टनकपुर नाका संचालनका लागि भारतीय नागरिक समक्ष पहल गर्ने बताए । उनले नेपालीलाई हरिद्धार नभई नहुने, अनि भारतीयलाई सिद्धबाबा नभई नहुने एक ऐतिहासिक धार्मिक सम्बन्ध रहेको बताए । पुल संचालनमा नआउँदा ऐतिहासिक व्यापारिकेन्द्र टनकपुर ओझेलमा परेको बताए । मन्त्री भट्टले खल्लामछेट्टीमा झोलुङ्गेपुल र पुर्णागिरी–परशुराम धाम जोड्नका लागि पक्की पुल निर्माण गर्न नेपाली पक्षले तयारी थालेको बताए । टनकपुर पुल शुचारु गरेर सुप प्रदेश र भारतको उत्तराखण्ड प्रदेशलाई औद्योगिक चक्रपथ बनाउनुपर्ने धारणा राखे ।