माओवादीकाे प्रथम नगर अधिबेशन , पुनर्वासमा धाेखे रानाकाे नेतृत्व ५९ सदसीय नगर कमिटि गठन

१५ मंसिर २०७८, बुधबार
माओवादीकाे प्रथम नगर अधिबेशन , पुनर्वासमा धाेखे रानाकाे नेतृत्व ५९ सदसीय नगर कमिटि गठन

पुनर्वास, मँसिर १५ ।
नेकपा माओवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना नगर अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।
अधिबेशन कार्यक्रम पुर्वखानेपानि मन्त्रि तथा नेकपा माओवादी सुदूरपश्चिम प्रदेशका सहईन्चार्ज बिना मगरले उद्घाटन गर्नु भएकाे थियाे। कार्यक्रममा बाेल्दै बिना मगरले पार्टि बनाउन एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जाेड दिनु भयाे । दशाैँ हजार शहिदकाे बलिदानि बाट प्राप्त जनबादी गणतन्त्रकाे रक्षा गर्न पार्टि बाट कमिकमजाेरी भएकाले पार्टीलाई सुदृढीकरण गर्दै जानु पर्ने उहाँले बताउनु भयाे । नगर कमिटिले सक्षम ब्यक्तिकाे नेतृत्वमा सर्बसम्मत कमिटि गठन र सफल कार्यकालकाे शुभकामना समेत ब्यक्त गर्नु भयाे ।

नेकपा माओवादीकाे प्रथम अधिबेशनबाट उपाध्यक्षमा प्रेम बस्नेत, सन्त कुमार चाैधरी र देदुराम चाैधरी, सचिवमा सुर्य बि.क. , सहसचिवमा धर्मेन्द्र जेठारा र काेषाध्यक्षमा शाेभा सुनार चयन भएका छन । नेकपा माओबादी केन्द्रकाे ५९ सदस्यीय नगर कमिटि रहने छ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम सहईन्चार्ज देबीलाल चाैधरी, टेकेन्द्र भट्ट, अमर चाैधरी लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Krishnapur_Nagarpalika

रानाथारूक समुदायमे पानी नबरसान्न तओ पधान भलमन्साके पक्डन्नकाे चालन