कैलाली ५ काे क्षेत्रीय सभापतिमा भीम पडाल विजयी

८ मंसिर २०७८, बुधबार
कैलाली ५ काे क्षेत्रीय सभापतिमा भीम पडाल विजयी

धनगढी,८ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन्।वर्तमान सचिव पडाल क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। उनले २९० मत पाए। सभापतिका ५ उम्मेदवारमध्ये पडालले सुरुवातदेखि नै अग्रता लिएका थिए।यस्तै सन्तोष मुडभरीले ११३, हरिप्रसाद रेग्मीले ४७, इश्वरीप्रसाद जोशीले २३ र हिरासिंह पातलीले २१ मत पाए। यस्तै अन्य पदमा पनि पडालकै टीम विजयी भएको छ। रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio