पुनर्वासमा २७ औँ आदिवासी जनजाती दिवस मनाईयो

२५ श्रावण २०७८, सोमबार
पुनर्वासमा २७ औँ आदिवासी जनजाती दिवस  मनाईयो

पुनर्वास, २५ सावन । कञ्चनपुरको पुनर्वासमा २७ औँ आदिवासी जनजाती दिवस एकआपसमा शुभकामना साटासाट गर्दै मनाईएको छ ।कोरोना महामारीलाई मध्यनजर गर्दै नगरपालिका भरीका बिभिन्न वडा बाट आदीवासी जनजाती समुदायका सिमित प्रतिनिधिको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी प्रतिनिधिहरुले आफुहरुको हकहतिका लागि स्थापना काल देखि नै आवाज उठाउदै आएको भएता पनि अधिकारको सुनिश्चितता नभएको बताएका थिए ।विश्वमा नै सँस्कृतीको धनी मानिने आदिवासी जनजाती समुदायको आर्थिक एवम शैक्षिक अवस्था भने नाजुक देखिन्छ ।

त्यसैले सरकारले दिने गरेको सेवा सुविधा समेत लिन नजानेको चन्द्र बहादुर मगरले बताउनु भयो । आदिवासी जनजातीले बर्षेनी मनाउदै आएको यो दिवस खाली साँस्कृतिक कार्यक्रममा मात्र सिमित भएको सहभागी बक्ताहरुको भनाई रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जीवन राज थापाले नगरपालिका भित्र बिभिन्न समुदाय, जातजाती, धर्म तथा भेषभुसा भएका मानिस बसोबास गर्दै आएको र ती सबैको हकहति सँरक्षणका लागि आफु सदैब लागि परेको बताउनु भयो । नगरपालिका बाट हुने आर्थीक एवम प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कोरोना महामारीका कारण साँस्कृतिक कार्यक्रम सहित भब्यताका साथ कार्यक्रम गर्न नसकिएता पनि आगामि दिनमा भब्य र सभ्य तरीकाले आदिवासी जनजाती दिवस मनाइने कार्यक्रमका सभापति तथा नेपाल आदीवासी जनजाती महासँघ पुनर्वास नगर समितिका अध्यक्ष धोखे रानाले बताउनु भयो ।कार्यक्रममा शुभकामना दिनेमा पुनपा १० वडाअध्यक्ष सुकदेव राना,रानाथारू उत्थान तथा समुन्नय मञ्चका सिचब तिर्थराज राना लागयत विभिन्न जातीगत प्रितनिधित्व गरिरहेका प्रतिनिधिहरूकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम पुनर्वास नगरपालिका १० बिकासबस्ती स्थित रानाथारु कचेहरी घरमा सम्पन्न भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio