धनगढी,२६ चैत ।
समृद्घ नेपाल शुखि नेपालीकोे महाअभियानमा हामीलागेका छौ हाम्रो सरकार लागेको छ बताए कार्यक्रमका प्रमुखअतिथी कैलाली क्षेत्र नं. ५ का माननिय सांसद तथा सि.उसु क्वानका संस्थापक अध्यक्ष नारदमुनि राना ।
कार्यक्रम शिअ उसु क्वान धनगढी उपमहानगर पालिका ७ काे अायाेजनामा भएकाे हाे । उक्त कार्यक्रममा वहाँले भन्नुभयाे “हामीले चुनाबबेला शिक्षा , स्वास्थय , बाटो , पुल , बनाउछाै भनेका थियाै । सोहि अनुरुप हामीले धनगढी खुटिया दिपायल जानेबाटो मा ७५ कराेड र अर्को बाटो धनगढी हसनपुर मट्यारी हुदै गदरीया सम्माकाे हुलाकी सडकमा २५ कराेडकाे बजेट विनियोजन भएको जानकारी दिए त्यसै गरी हामीले खुटिया नदिमा जन्ताको तटबन्धको कामको टेन्डर हुने प्रक्रियामा रहेको छ । त्यति मात्र होइन हामीले सर्वा्ेदय मा.वि. फुलबारीलाई अाइटी स्माट स्कुल बनाएको छौ र अन्य थुर्पै विद्यालयहरुमा आसिटी ल्याबको लागि बाजेट विनियोजन गरेको बताए ।”,
“ हामीले २० लाखको लागतमा धनगढी उपमहानगर पालिका वडा नं. ७ मा मिनि कप्डहलको लागि डिपिआर तयार गरी काम शुरु गरेको बताए । हाम्रो सरकारले समाजिक सुरक्षा भत्ता यस बर्ष देखि पाँच हजार पुर्याउने छौ ।”,
“ जसरी कृष्ण प्रसाद भटराइले मेलम्चिको पानी काठमान्डौ ल्याउने सपना वहाँले दखनु भएको थियो र आज मेलम्चिको पानी काठमान्डौ सम्म आइपुगेको हो त्यसै गरी हाम्रो प्रधानमन्त्रि के.पि शार्माओलीले समृद्घ नेपाल शुखि नेपालीको सपना देख्नु भएको छ हामी त्यो महाअभियानमा लागेका छौ ।”,
“ ५८ बर्ष पहिले सरकारले गुमाएको लिपुलेक, लिम्पियाधुरा सहितको भुमि नेपालको नक्सामा गाभेर नेपालको नक्सा सार्वजनिक गर्नु सरकारको यस्तो लोकप्रियता देखेर केहि आप्ना भनाउदाहरुले सरकारको विरोधमा लागे सरकारलाई काम गर्नबाट रोक्ना खोजेका हुन बताए माननिय रानाले ।”
कार्यक्रमका विशिष्ट अतिथी सुदुरपश्मि प्रदेश सभासदस्य माननिय नेपालू चौधरी रहनुभएको थियो । “वहाँले सुदुरपश्चिप प्रदेशमा खेलाडि उत्पादन गरकोमा उसु क्वानकालाई धन्यवाद व्यक्त गर्नुर्भको हो , हाम्रो सरकारले शिक्षा , स्वाथ्य , रोजगारीको ग्यारेन्टीको लागि निती बनाएर अगाडि बढनेकुरा बताए । तव मात्र हामीले युवा खेलाडीहरुलाई संरक्षण गर्न सक्छौ बताए । यस निर्वाचन क्षेत्रको विकासका लागि हामी दुवै सांसद एक ठाउमा बसेर बजेट बिनियोजन गर्ने कुरा बताए ।”
त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथी नेपाल उसु महासंघका केन्दीय उपाध्यक्ष दुष्यन्त बस्नेत , धनगढी उपमहानगर पालिकाका वडा नं. ७ का वडा अध्यक्ष सिताराम राना । अतिथीहरुमा धनगढी उपमहानगर पालिकाका वडा नं. १५ का वडा अध्यक्ष फुल राम चौधरी , नेपाल उसु महासंघका महासचिब लाक्पा छिरिफ शेर्पा लामा ,
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टोप बहादुर विष्ट ,शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तथा क्वानका सल्लहकार संयोजक राजेश खाती लगायतले शुभकामना कार्यक्रमको सफलताको शुभकामना गर्नुभएको थियो । कार्यक्रमका सभाति शिअ उसु क्वानका अध्यक्ष नरायण लम्साल रहनुभएको थियो भने कार्यक्रमको संचालन शिअ उसु क्वानका सचिब तथा जिल्ला खेल्कुद संघका प्रशिक्षक रतन खातीले गर्नु भएको थियो ।
कार्यक्रममा सुदुरपश्चि प्रदेश भरिबाट २७३ जना खेलाडीहरु मध्येबाट १३० महिला खेलाडी र १४३ जना पुरुष खेलाडीहरुले सहभागि रहेको जानकारी प्रशिक्षक खातीले दिए । कार्यक्रम चैत २६ देखि २८ गते सम्म संचालन हुने छ ।