भादागाउँमा पर्यटन प्रवद्र्धनका लागि होर्डिङ बोर्ड राखियो

४ माघ २०७६, शनिबार
भादागाउँमा पर्यटन प्रवद्र्धनका लागि होर्डिङ बोर्ड राखियो

धनगढी, माघ ०४
पर्यटन प्रवद्र्धनका लागि धनगढीको भादागाउँ होमस्टे होर्डिङ बोर्ड राखिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि धनगढी लेडी जेसिजको आयोजनामा थारु गाउँको होमस्टे जाने वाटोमा होर्डिङ बोर्ड राखिएको हो । पर्यटन प्रबद्र्धनका लागि धनगढी लेडी जेसिजले धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भादागाउँमा सुदुरपश्चिम प्रदेशको पर्यटन झल्कने होर्डिङ बोर्ड राखिएको धनगढी लेडी जेसिजकी अध्यक्ष लक्ष्मी शाहीले बताउनुभयो ।
वडा नम्बर १६ का वडाध्यक्ष लक्ष्मीनारायण चौधरीले रिवन काटेर होर्डिङ वोर्ड राख्ने कामको उद्घाटन गर्नुभएको थियो । कोहीलही ताल जाने, वेहडावावा जाने र होमस्टे जाने ठाउँमा होर्डिङ बोर्ड राखिएको हो । होर्डिङ बोर्डको सहायताले सो क्षेत्रमा जाने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहज हुने अपेक्षा गरिएको छ । होर्डिङ बोर्ड राख्ने कार्यक्रममा धनगढी लेडी जेसिज र धनगढी जेसिजका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio