सहकारी संस्था समृद्धीका आधार , उप–प्रमुख भट्ट

२६ पुष २०७६, शनिबार
सहकारी संस्था समृद्धीका आधार , उप–प्रमुख भट्ट


धनगढी,२६ पुस २०७६।
धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सहकारी संस्थाहरु समृद्धीको आधार बन्न सक्ने बताएकी छन् ।
शनिवार धनगढी उप–महानगरपालिका १ मा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुको जिवनस्तर माथी उठ्न सकेमा देश आफै समृद्ध बन्न सक्छ उप–प्रमुख भट्टले भनिन् तर पनि कतिपय सहकारी संस्थाहरुमा ब्यबस्थापकीय चुनौती देखिन्छ ।
धेरै सहकारी संस्थाहरुले राम्रो काम गरेका छन् उप–प्रमुख भट्टले भनिन् , गलत सहकारी संस्थाका कारण राम्रो काम गरेका सहकारी समेत बदनामित भैरहेको पाईन्छ । उप–प्रमुख भट्टले धनगढी उप–महानगरपालिका निस्कृय सहकारीहरुलाई खोजेर भएपनि सक्रिय बनाउन लागिरहेको बताईन । उनले भनिन्, यती गर्दापनि राम्रो नगर्ने सहकारीहरुलाइृ मर्ज वा खारेजी तर्फ लगिने छ ।
सहकारी संस्थाहरु लोकतान्त्रिक विधि र पद्धती अनुरुप चल्ने भएको हुदा लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सहकारी फस्टाउने गरेको उप–प्रमुख भट्टले बताईन । सहकारीलाई बलियो र दिगो बनाउन आर्थिक अनुशासन आवश्यक छ उप–प्रमुख भट्टले भनिन्, यसको सिद्धान्तको पालना गरि संचालन गर्न र ऋण लिने तथा बचत गर्ने कुरामा साबधाणी र होसियारी पुर्यायौ भने व्यक्ति र संस्था दुबैको अवस्था राम्रो र मर्यादित हुन्छ ।
टोल र वडामा संचालित बिकासका योजनाहरुको अनुगमन, रेखदेख, गर्ने कुरामा पनि अगुवाई र साझेदारी गरिदिनहुन उप–प्रमुखभट्टले सबैलाई आग्रह गरिन । त्यसैगरी उप–प्रमुख भट्टले शनिवार नै धनगढी उप–महानगरपालिका ३ मा रहेको श्री बिशाल ज्वोती बचत तथा ऋण सहकारी संस्थाको नबौं बार्षिक साधारणसभाको पनि उद्घाटन गरिन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio