कञ्चनपुर,१६ असाेज ।
बेलौरी नगर पालिका वडा नं. ३ बन्दा ताल कुनै बेला १०० विघामा फैलिएको ताल २०३६ सालको नापि नक्साबाट यो तालको कुल क्षेत्रफल २६ विघा १२ कट्ठा १३ धुरमा सिमित हुन पुग्यो । सुदुरपश्मिकै ठुलो तालको रुपमा परिचित ताल अहिले अतिक्रमण हुदै साँगुरिदै गएको छ ।
केहि बर्ष पहिले ५ जनाको समुहमा बेलौरी नगर पालिका वडा नं. २ भैसौरी गाउका सोबरन रानाले २ लाख बाट शुरुगरेको व्याबसाय अहिले २ करोडमा पुगिसकेको बताउछन । यो व्यवसाय आँगल्नु भन्दा पहिले उनि गल्ला व्यापारी बाट मोवाइलग्यालरीको पसल राखे धेरै पछि आएर हामी ५ जना साथिहरु मिलेर मतस्य पालन गर्ने योजना बनाए र ताल ठेक्कामा लियौ भने ।
त्यहिबाट म मतस्य पालन शुरु गरेको छु अहिले मेरो आप्नै पनि ५ विघा जग्गा रहेको छ । त्यतिले भएन फेरी मैले गाउलेको जग्गा लिजमा लिएको छु बताए राना । अहिले मेरो २ करोडको एकल लगानीमा मेरो २ छोरा र ४ जना कामदार राखेर व्यवसाय व्यवस्थापन गरिरहेका छौ ।
उनी यस मतस्य पालन व्यवसायबाट प्रथम राष्ट्रिय कृषक अवार्ड २०७६ पाएको बताए राना ।वहाँले वेरोजगार युवाहरुलाई कम लगानीमा सानो जग्गामा यो व्यवसाय राम्रारी गर्न सकिन्छ । यस व्यवसायमा घाटा हुदैन भनेर बताउछन ।
उनी भन्छन नवयुवाहरुले मतस्यपालन व्यवसायको जानकारी लिन चाहन्छन भने यो भिडियो मार्फत यसरी जानकारी दिदै हौसला प्रदान गर्दै छन रानाले ……….
यो भिडियो हेर्न तल क्लिक गर्नुहोस