धनगढी उपमहानगरपालिका-१० जुगेडामा निसर्ग इन्डो-नेपाल जुगेडा कप-२०८३ भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
भलिबल प्रतियोगिताको उद्घाटन समारोहका प्रमुख अथिति धनगढी उपमहानगरपालिका-१० का अध्यक्ष शिवकुमार रानाले गरेका थिए ।

कार्यक्रममा धनगढी-७ का अध्यक्ष मोती राना तथा नेपाली भारत मैत्री संघका अध्यक्ष राजीव गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
प्रतियोगिताको उद्घाटन खेलमा टिम जुगेडा र टिम सेवा प्रिन्टिङ प्रेसबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक सुरज रानाले जानकारी दिए। प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितालाई स्थानीयस्तरमा खेलकुदको विकास तथा खेलाडीको क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा लिइएको कार्यक्रमका खेल संयोजक तथा उद्घाटन समारोहका अध्यक्ष भगिरथ रानाले बताए।







