लालझाडी गाउँपालिकाद्वारा ७० जना जेष्ठ नागरिकलाई तिर्थ भ्रमण गराउँदै

१२ चैत्र २०८१, बुधबार
लालझाडी गाउँपालिकाद्वारा ७० जना जेष्ठ नागरिकलाई तिर्थ भ्रमण गराउँदै

लालझाडी, कञ्चनपुर । धार्मिक आस्थालाई प्रवद्र्धन गर्दै र जेष्ठ नागरिकहरुको इच्छालाई सम्मान गर्दै लालझाडी गाउँपालिकाले पालिकाभित्रका ७० जना जेष्ठ नागरिकलाई तिर्थ भ्रमणको अवसर प्रदान गरेको छ । विशेष समारोहबीच ती जेष्ठ नागरिकहरुलाई विदाई गरिएको थियो ।

पालिकाका अनुसार बुढेसकालमा तिर्थ जाने इच्छा भए पनि विभिन्न कारणले जान नसकेका जेष्ठ नागरिकलाई यो विशेष अवसर उपलब्ध गराइएको हो । आर्थिक अभाव, समय अभाव, वा अन्य व्यक्तिगत कारणले तिर्थ यात्रा गर्न नपाएका व्यक्तिहरुलाई नेपालका प्रमुख धार्मिक स्थलहरूमा पु¥याउने योजना अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो ।

पालिकाले विदाई कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई बिधिवत् रूपमा खादा, फूलमाला र टीका लगाई बिदाई गर्यो । विदाई कार्यक्रममा पालिका प्रमुख निर्मल राना, उप–प्रमुख सपना चौधरी राना, कर्मचारी, समाजसेवी तथा स्थानीय अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो ।

पालिकाका प्रमुख निर्मल रानाले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै भने, “हाम्रा जेष्ठ नागरिकहरूले जीवनभर समाज र परिवारका लागि धेरै योगदान दिनुभएको छ । यो तिर्थ यात्रा तिनै आमाबुवाहरूको सपना साकार पार्ने हाम्रो प्रयास हो ।“ उहाँका अनुसार तिर्थ यात्राको क्रममा नेपालकै प्रमुख धार्मिक स्थलहरू जनकपुरस्थित जानकी मन्दिर, लुम्बिनी र पशुपतिनाथ मन्दिर लगायतका स्थानहरूमा दर्शन गर्ने व्यवस्था मिलाइएको जनाए ।

भ्रमण अवधिभर जेष्ठ नागरिकहरुको सुविधाका लागि विशेष व्यवस्थापन गरिएको छ । पालिकाले यात्राका लागि विशेष सहायक टोली खटाएको छ, जसले उनीहरुको स्याहारसुसार गर्नेछ । साथै, खानपान, बसोबास र अन्य आवश्यक व्यवस्थाको पनि उचित ध्यान दिइएको छ ।

युवा समाजसेवी अमर रानाले यो कार्यक्रमलाई सकारात्मक कदम भन्दै प्रशंसा गरे । उनले भने, “यस्तो कार्यले हाम्रो समाजमा जेष्ठ नागरिकप्रति हाम्रो दायित्व पूरा गर्न सघाउ पु¥याउँछ । पालिकाले जेष्ठ नागरिकहरुको मनोकामना पूरा गर्न महत्वपूर्ण कदम चालेको छ ।“

यस विशेष कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरु निकै उत्साहित देखिन्थे । कतिपयले जीवनभर तिर्थ यात्राको चाहना राखे पनि विभिन्न समस्याका कारण जान नसकेको अनुभव सुनाए । ७५ वर्षीय एक जेष्ठ नागरिकले भने, “बुढेसकालमा तिर्थ गर्न पाउँदा साह्रै खुसी लागेको छ । पालिकाले हाम्रो लागि गरेको यो व्यवस्था अविस्मरणीय हुनेछ ।“

यात्रा अवधिभर जेष्ठ नागरिकहरुले आध्यात्मिक वातावरणको अनुभव गर्न पाउने छन् भने उनीहरुका लागि बसोबास तथा खानपानको भरपर्दो प्रबन्ध मिलाइएको छ । स्थानीय बासिन्दाहरुले पनि पालिकाको यो कदमको खुलेर प्रशंसा गरेका छन् । पालिकाले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio