कैलाली को झलारी गाउँमा खखडेहरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

७ चैत्र २०८१, शुक्रबार
कैलाली को झलारी गाउँमा खखडेहरा पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कैलाली । कैलालीको  झलारी गाँउमा नेपाल रानाथारु समाज समानान्तर समितिको आयोजनामा रानाथारु समुदायको खखडेहराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संविधान सभा सदस्य मा. मालामती रानाको प्रमुख आतिथ्यता तथा रबि रानाको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा कंचनपुर जिल्ला समन्वय समिति का उप प्रमुख राम कुमारी राना , पुनर्वास का उप प्रमुख भुलिया राना , कृष्णपुर का उप- प्रमुख द्रोपति राना , धनगढी -१७ का वडा अध्यक्ष माधव राना , धनगढी -७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , पुर्व अध्यक्ष गोबिन्द राना , लगायत अग्रज, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि मालामती रानाले रानाथारु समुदायको पहिचान, संस्कृतिको संरक्षण तथा सामाजिक एकताको महत्त्वबारे जोड दिँदै शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा सांस्कृतिक प्रस्तुत गरिएको थियो। सहभागीहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै एकताको सन्देश प्रवाह गरेका थिए।

Wedding Story advertisement Of Jems Movies & Photo Studio