कञ्चनपुर, । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित कञ्चन बहुमुखी क्याम्पस गुलरियाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । सभापतिमा सुनिल ऐर, सचिवमा धनबहादुर कुवँर र कोषाध्यक्षमा भावना कार्की निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फ सदस्यमा पार्वती भट्ट, गीता कुमारी बोहरा, खेमराज भट्ट, निर्मला धामी र यशोदा खड्का विजयी भएका छन् । निर्वाचन समितिका अनुसार मतगणना सकिएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।